अछाममा रुख ढलेर एक महिला गम्भीर घाइते भएकी छन। शनिबार जिल्लाको कमलबजार नगरपालिका–३ बयलामा रुख ढलेर एक महिला गम्भीर घाइते भएकी छन ।
साेही वडा निवासी अन्दाजी ५० बर्षकी भाना ढकाल शानिबार आफ्नै जमिनमा रहेको तिमिलाको रुखमा घाँस काट्ने क्रममा रुख जरैबाट ढलेर च्यापिँदा गम्भीर घाइते भएको परिवार श्रोत बताएको छ ।
घटनापछि उनलाई तत्काल जिल्ला अस्पताल मंगलसैन पुर्याइएको थियो । प्रारम्भिक उपचारपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ । चिकित्सकहरूका अनुसार उनको टाउको र बाँया आँखामुनि गम्भीर चोट लागेको छ ।













Discussion about this post