कक्षा १२ सम्म सञ्चालन गर्न गँगा माविलाई सहयाेग जुट्दै 

6
SHARES
33
VIEWS

मंगलसेन नगरपालिका वडा नम्बर ६ मा रहेकाे गँगा माविलाई कक्षा ११/१२ सञ्चालन गर्न सञ्चालित आर्थिक संकलन अभियान जारी रहेको छ ।

आर्थिक संकलन अभियान अन्तर्गत हालसम्म २ लाख १४ हजार १ सय रुपैयाँ विद्यालयकाे काेषमा जम्मा भइसकेको विद्यालय प्रशासनले जनाएकाे हाे । हालसम्म ५६ जनाले विद्यालय सञ्चालनकाे लागि सहयाेग गरेका छन ।

विद्यालयले आर्थिक संकलनकाे लागि संस्थागत सदस्यता २५ हजार,विशिष्ट सदस्यता ५ हजार आजिवन सदस्यता ३ हजार र साधारण सदस्यता नविकरण ५ सय रकम ताेकेर आर्थिक संकलन गरिरहेको विद्यालयका प्रधानाध्यापक माेतीराम भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयलाई गरेको सहयोग प्रती सहयोगीदाताहरुलाई धन्यवाद दिदै प्रधानाध्यापक भण्डारीले आर्थिक संकलन अभियान जारी रहेकाले आगामी दिनमा पनि सहयोगकाे अपेक्षा गर्नुभयाे ।

सहयाेग गर्न चाहानेहरुकाे लागि ,,,

हालसम्म सहयाेग गरेका सहयाेगीदाताहरु 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार