देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

34
SHARES
189
VIEWS

काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, देशभर १४ सय ४ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभरमा १७ हजार ९०९ जना सक्रिय संक्रमितहरू छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २५ संक्रममितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेहरूको कुल संख्या १४ सय ७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख २७ हजार ८३६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार