कञ्चनपुरका बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

15
SHARES
83
VIEWS

कैलाली । कंचनपुरका अति बिपन्न परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत खाद्यान्न सामग्री वितरण गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपाली हरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागी ,सुदूरपश्चिमेली नेपाली समाजहरुको पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत कृष्णपुर नगरपालिका वडा नम्बर १ का ३० र २ का ३१ गरि जम्मा ६१ अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको केन्द्रिय महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।

कृष्णपुर नगरपालिका वडा नं.१ का अध्यक्ष श्री मोहन बस्नेत वडा नं. २ का अध्यक्ष श्री जय नारायण जोशी र स्थानीयवासीहरूको उपस्थितिमा राहत सामग्रीहरु पीडित परिवारलाई वितरण गरेको केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए ।

वर्तमान परिस्थितिमा पीडित परिवारहरुको समस्यालाई मध्यनजर गर्दै अति आवश्यक खाद्यान्न सामाग्री हरु उपलब्ध गराई केहि हद सम्म मल्हम लगाउने उद्देश्यले राहत वितरण गरेको अध्यक्ष बलायर बताए ।

उक्त कार्यक्रम समाजका नेपाल संयोजक चेतन थापा,नेपाल समन्वय समिति सदस्य धुर्व बहादुर मल्ल, पूर्व दक्षिण एशिया संयोजक ज्ञानेन्द्र सिंह, सुदूर पश्चिमेली नेपाली समाज भारत अध्यक्ष दिपक प्रकाश मल्ल लगायतको सहभागिता रहेको थियो ।

यस परोपकारी कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण राष्ट्रिय समाज, कार्यकारी समिति पदाधिकारी तथा सम्पूर्ण सहयोगी हात हरुलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको केन्द्रिय प्रचार-प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले जानकारी दिनुभयो ।

हामि बिगत लामो समय देखि सामाजिक कार्यमा लागि रहेका र हाम्रो यो अभियान निरन्तर रही रहने केन्द्रिय कोषाध्यक्ष भुवन प्रसाद भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार