भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण छ : प्रधानमन्त्री ओली

37
SHARES
208
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट कोरोना भित्रिने सम्भावना बढि भएकाले अहिले नै नेपालीलाई ल्याउन नसकिने बताएका छन्। उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण हुने बताएका हुन्।

आइतबार मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल भएपछि सीमा नाकामा रहेका मानिसलाई ल्याउन खोज्दा दिल्लीमा रहेका मानिसहरु पनि हिँड्न थाल्ने भएकाले अहिले नै भारतमा रहेका नेपालीको उद्धार सम्भव नभएको प्रधानमन्त्रीले बताएका हुन्।

भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिए। उनले लकडाउन कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार