आज मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

53
SHARES
296
VIEWS

आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने सम्भावना रहेको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले बताएका हुन्।

यस्तै कतै कतै असिना पनि पर्न सक्नेछ। आज राति देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्र र तराईका केही ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार भने मौसममा सुधार आउनेछ। तर भोलि पनि मध्य र पूर्व तथा पश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना छ। यसकै प्रभावले गए राति देशका विभिन्न ठाउँमा पानी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार