जेलभित्र कैदीबन्दीबीच झडप, १८ जनाको मृत्यु , १६ घाइते

154
SHARES
244
VIEWS

जेलभित्र भएको झडपमा परी होन्डुरसमा कम्तीमा १८ जना कैदीको मृत्यु भएको छ। कैदी–कैदीका बीचमा भएको झडपमा परी १६ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्।

उत्तरी बन्दरगाह सहर तेलामा रहेको कारागारमा शुक्रबार कैदीहरूका बीचमा झडप भएको जनाइएको छ। घटनास्थल राजधानी तेगुसिगाल्पादेखि १९० किलोमिटर टाढा पर्छ।

राष्ट्रपतिका एक सहयोगीले कारागार प्रणालीलाई आफूहरूले पुनःसंरचना गर्न लागेको बताएका छन्। उनले त्यसका लागि हस्तक्षेप गर्न आवश्यक भएको धारणा राखे।होन्डुरसका कारागारहरूमा भीडभाडका साथ २१ हजार कैदीलाई राखिएको अधिकारीहरूले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार