• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

आईपिएल : मुम्बईद्धारा बैंगलोर ५ विकेटले पराजित

दैनिकी मिडिया by दैनिकी मिडिया
१३ कार्तिक २०७७, बिहीबार
in खेल
0
आईपिएल : मुम्बईद्धारा बैंगलोर ५ विकेटले पराजित
5
SHARES
45
VIEWS
Share on TwitterShare on Facebook

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) टी(ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ ।आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो ।शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए ।बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २र२ विकेट लिए । क्रिस मोरिसले १ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । ४५ बलमा उनले १२ चौका र १ छक्का प्रहार गरे ।यस्तै जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए ।गुर्किरात सिंहले अविजित १४ रन जोड्दा वासिङ्गटन सुन्दर १० रनमा अविजित रहे । कप्तान विराट कोहली ९ रनमा आउट भए ।मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । उनले आईपीएलमा १ सय विकेटको आँकडा समेत पुरा गरेका छन् ।

राहुल चाहर, केइरन पोलार्ड र ट्रेन्ट बोल्टले १र१ विकेट लिए ।यस जितसँगै मुम्बईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।
बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ ।

Previous Post

बडादशैं: आज पनि मान्यजनबाट टीका लगाइँदै

Next Post

पोखरामा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

Next Post
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

पोखरामा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

१३ कार्तिक २०७७, बिहीबार
ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

१३ कार्तिक २०७७, बिहीबार
अछामका विभिन्न वनमा आगलागी

अछामका विभिन्न वनमा आगलागी

१३ कार्तिक २०७७, बिहीबार
भोली मंसिर १९ गते विहीबार  हेर्नुहोस् तपाइको  राशिफल

आज निकै राम्रो छ यी राशिको भाग्य, आजको राशिफल

१३ कार्तिक २०७७, बिहीबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English