• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

गोलभेंडामा फेला पर्यो पार्किन्सन रोगको औषधि

दैनिकी मिडिया by दैनिकी मिडिया
२८ मंसिर २०७७, आईतवार
in विज्ञान/प्रविधि
0
गोलभेंडामा फेला पर्यो पार्किन्सन रोगको औषधि
1
SHARES
7
VIEWS
Share on TwitterShare on Facebook

वैज्ञानिकहरले मानव स्वास्थ्यका लागि निकै घातक मानिने पार्किन्सन रोगको औषधि टमाटरमा फेला पारेका छन ।बेलायती वैज्ञानिकहरुले अनुवांशिक रुपमा परिमार्जन गरि फलाइएको गोलभेंडामा पार्किन्सन रोगसंग लड्नसक्ने क्षमता प्रदान गर्ने औषधि पत्ता लगाएका हुन ।अनुवांशिक परिमार्जित अर्थात जिनेटिकल्ली मोडिफाइड गोलभेंडामा पाइने एल–डीओपिए तत्वले पार्किन्सन रोगसंग लड्न सक्ने क्षमता प्रदान गर्छ ।
ब्रिटेनको जन इनस सेन्टरका डाक्टरहरुको एक टोलीले यस बारे अध्ययन गरेको हो । अनुशन्धान टोलीका अनुसार एल–डीओपीए तत्व उत्पन्न गराउने एक जीनको सहायताबाट गोलभेंडाको अनुवांशिक परिमार्जन गरिएको थियो ।

निकै धेरै चरणको प्रयोग र अनुशन्धानबाट टमाटरमा एल–डीओपीए तत्व प्राप्त गर्न वैज्ञानिकहरुलाई सफलता मिलेको थियो ।

यो अनुशन्धानबाट प्राप्त यो उपलब्धीलाई अझै बृहत बनाउन आवश्यक रहेको शोधकर्ताहरुले बताएका छन ।

टमाटरमा रहेको एल–डीओपीए तत्वको उत्पादन बढाउनका लागि पनि बृहत रुपमा काम गर्नुपर्ने वैज्ञानिकहरुले बताएका हुन ।

यसका लागि अनुवांशिक रुपमा परिमार्जित टमाटरको उत्पादनको दायरा बढाउनु पर्ने उनिहरुको सुझाव छ । यसबाट एल–डीओपीए खरिद गर्न उच्च मुल्य चुकाउनुपर्ने अवस्थाको पनि अन्त्य हुनेछ ।

यस अनुशन्धानको शोधपत्रको लेखिका प्रोफेसर केथी मार्टिनका अनुसार पार्किन्सन रोग विकासशील मुलुकहरुमा तिब्र रुपमा बढ्दै गैरहेका समस्याहरुमध्येको एक हो ।

जसअनुसार पार्किन्सन पीडित विरामीहरुले कृत्रिम एल–डीओपीए प्राप्त गर्नका दैनिक २ डलरभन्दा बढी पैसा तिर्न कठिन हुन्छ ।

टमाटरबाट पाइने प्राकृतिक एल–डीओपीए तत्वको उपलब्धता बढाउन सके कृत्रिम रुपमा तयार पारिएको एल–डीओपीएमाथीको निर्भरता अन्त्य हुने र दिनहुँ धेरै पैसा खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने वैज्ञानिकरुहरुको भनाई छ ।

पार्किन्सन एक प्रकारको मानसिक रोग हो । शुरुवाती चरणमा यसका लक्षणहरु विस्तारै देखिन थाल्छन ।

तर त्यस्ता लक्षणहरु निकै घातक हुन्छन । पार्किन्सनले मानिसलाई हिंडडुल गर्न गाह्रो बनाउँछ । शरीरमा अनावश्यक कंपन उत्पन्न गराउँछ ।

मांसपेसीहरु कठोर बनाउँछ । शारीररिक तालमेलमा समस्या उत्पन्न हुन्छ । यस्तो शुरुवात औंला, हात जस्ता साना अंगहरुबाट हुन्छ ।

यो समस्या पुरै शरीरमा फैलिंदा अवस्था निकै जटिल बन्ने साइन्स डेलीले जनाएको छ

Previous Post

​बझाङमा टिपर पल्टिदा दुई जनाको मृत्यु तीन जना घाइते

Next Post

कांग्रेसले शालिनता देखाउँदा सरकारले कमजोरी ठान्यो, सशक्त प्रतिरोध गर्न देउवाको आग्रह

Next Post
कांग्रेसले शालिनता देखाउँदा सरकारले कमजोरी ठान्यो, सशक्त प्रतिरोध गर्न देउवाको आग्रह

कांग्रेसले शालिनता देखाउँदा सरकारले कमजोरी ठान्यो, सशक्त प्रतिरोध गर्न देउवाको आग्रह

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

२८ मंसिर २०७७, आईतवार
पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा बर्षाको सम्भावना

आइतवार देशभर सामान्यतया बदली रहने

२८ मंसिर २०७७, आईतवार
केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

२८ मंसिर २०७७, आईतवार
राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको  विवरण संकलन

राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको विवरण संकलन

२८ मंसिर २०७७, आईतवार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English