• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

अब बिना शुल्क फोनमा घण्टौ कुरा गर्न पाउने, टेलिकमले निःशुल्क सिमकार्ड बाँड्दै

दैनिकी मिडिया by दैनिकी मिडिया
२४ मंसिर २०७७, बुधबार
in विज्ञान/प्रविधि
0
22
SHARES
223
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौं । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीले सिममार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सकिने जानकारी दिनुभयो । उहाँले समूहमा आबद्ध सबै विद्यार्थी र शिक्षकले एकआपसमा असीमित कुराकानी गर्न समेत सुविधा रहेको बताउनुभयो ।

उहाँका अनुसार उक्त सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने शुल्क ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अनुसार स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ । रु ९९ बराबरको शुल्कमा कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले एक थान निःशुल्क पाठशाला सिमकार्ड लिन सक्नेछन् ।

कसरी सहभागी हुने

टेलिकमले ल्याएको ‘पाठशाला सियुजी सिम’ योजनामा आबद्ध हुन कम्पनीको जिएसएम वा सिडिएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै प्रयोग गरिएको प्रिपेड सिमकार्डलाई योजनामा आबद्ध गर्न सकिने जनाइएको छ । प्रिपेड सिमकार्ड नहुनेका लागि निःशुल्क रुपमा नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन् ।

सिमकार्ड लिन शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनुपर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपि, विद्यार्थीको नागरिकताको प्रतिलिपि वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपि संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनुपर्नेछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा लिन सक्नेछन् ।

विद्यालयले उक्त योजनामा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नामसहित स्थानीय तहको सिफारिसका आधारमा नजिकको टेलिकम कार्यालयमा सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । उक्त अवधि सकिए पनि निःशुल्क रुपमा प्रयोग गरिएको सिम अन्य प्रयोगकर्ता सरह नै निरन्तर प्रयोग गर्न सकिने प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

Previous Post

श्रीमतीलाई अत्यन्तै माया गर्छन् यी चार राशी भएका पुरुषहरुले

Next Post

लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि दरखास्त आह्वान (विज्ञापन सहित)

Next Post
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि दरखास्त आह्वान (विज्ञापन सहित)

लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि दरखास्त आह्वान (विज्ञापन सहित)

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

२४ मंसिर २०७७, बुधबार
पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा बर्षाको सम्भावना

आइतवार देशभर सामान्यतया बदली रहने

२४ मंसिर २०७७, बुधबार
केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

२४ मंसिर २०७७, बुधबार
राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको  विवरण संकलन

राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको विवरण संकलन

२४ मंसिर २०७७, बुधबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English