• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

कतै तपाईंको पासवर्ड लिक त भइरहेको छैन ? यसरी लिनुहोस् जानकारी

दैनिकी मिडिया by दैनिकी मिडिया
१२ मंसिर २०७७, शुक्रबार
in विज्ञान/प्रविधि
0
कतै तपाईंको पासवर्ड लिक त भइरहेको छैन ? यसरी लिनुहोस् जानकारी
7
SHARES
73
VIEWS
Share on TwitterShare on Facebook

केही समय अघिमात्रै गुगलले इन्टरनेट ब्राउजर क्रोममा नयाँ फिचर सार्वजनिक गरेको थियो । जसले स्मार्टफोन प्रयोगकर्तालाई उनीहरुले अनलाइनमा प्रयोग गरेको पासवर्ड लिक भएको छ वा छैन भनी जानकारी दिन्छ ।

‘सेफ्टी चेक’ नामक उक्त फिचर क्रोमको ८६ औं अपडेटमा उपलब्ध भएको छ । तर, यो फिचरबारे हामी धेरै अनविज्ञ हुन सक्छौं । यो फिचर एन्ड्रोइड तथा आईओएस दुवै अपरेटिङ सिस्टममा उपलब्ध छ ।

त्यसरी तपाईंले प्रयोग गर्नुभएको पासवर्ड लिक भएको छ वा छैन भनी पत्ता लगाउनका लागि गुगलले विशेष खालको इन्क्रिप्सन प्रविधिको प्रयोग गरेको जनाएको छ । उक्त इन्क्रिप्सन प्रविधिमार्फत गुगलले तपाईंको युजर नेम र पासवर्ड कहीँ कतै लिक भएको त छैन भनी चेक गर्नेछ ।

तर, तपाईंलाई सुरुमा यो विषयको जानकारी लिन आवश्यक छ कि गुगलले तपाईंको सबै युजर नेम र पासवर्ड कपी गर्ने छैन । यसको अर्थ तपाईंले जुन युजर नेम र पासवर्ड गुगलमा सेभ गर्नुभएको छ त्यसमा मात्रै यो नियम लागू हुनेछ ।

यति पढेर यदि तपाईं आफूले प्रयोग गर्ने पासवर्ड कतै लिक त भएको छैन भनी जानकारी लिन चाहनुहुन्छ भने त्यसका लागि केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । त्यसबारे हामी यहाँ सिकाउँदै छौं ।

त्यसका लागि सुरुमा स्मार्टफोनमा गुगल क्रोम खोल्नुहोस् । गुगल क्रोम खुलेसँगै त्यसको दाँया साइडको माथि कुनामा रहेको थ्री डटमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गर्दा तपाईंले ‘सेटिङ’ भन्ने अप्सन देख्नुहुनेछ । सेटिङमा क्लिक गर्नुहोस् । सेटिङमा क्लिक गर्दा त्यहाँ ‘पासवर्ड’ भन्ने अप्सन देखिने छ । उक्त अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसको भित्र ‘चेक पासवर्ड’ भन्ने अप्सन रहेको छ । त्यसमा क्लिक गर्दा यदि तपाईंको पासवर्ड लिक भएको छ भने कुन पासवर्ड लिक भएको हो त्यसबारे जानकारी दिनेछ । यदि छैन भने ‘नो’ अर्थात छैन भनी जानकारी गुगलले दिनेछ ।

Previous Post

आज मंसिर १२ शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, दैनिक राशिफल

Next Post

देशभर यस्तो रहनेछ आज दिनभरको मौसम ?

Next Post
यस्तो रहनेछ आज दिनभरको मौसम ?

देशभर यस्तो रहनेछ आज दिनभरको मौसम ?

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

१२ मंसिर २०७७, शुक्रबार
पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा बर्षाको सम्भावना

आइतवार देशभर सामान्यतया बदली रहने

१२ मंसिर २०७७, शुक्रबार
केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

१२ मंसिर २०७७, शुक्रबार
राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको  विवरण संकलन

राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको विवरण संकलन

१२ मंसिर २०७७, शुक्रबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English