• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

यो साता निकै शुभ छ यी ६ राशिको भाग्य, कस्तो छ तपाइको राशिफल ?

दैनिकी मिडिया by दैनिकी मिडिया
११ माघ २०७७, आईतवार
in राशिफल
0
पुस ६ देखि १२ गतेसम्मको साप्ताहिक राशिफल  हेर्नुहोस्
11
SHARES
109
VIEWS
Share on TwitterShare on Facebook

मिति २०७७ साल माघ ११ गते आइतबारदेखि १७ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष – बोली र व्यवहारले धेरैलाई प्राभावित पार्न सकिनेछ। कामको प्रभावले विशेष अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र मिहिनेत गर्दा लेखनमा पनि निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। बीचमा केही व्यवधान पनि आउनेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। सप्ताहान्तमा आफन्तको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्। बलभन्दा बुद्धिको उपयोगले सफलता दिलाउनेछ।

वृष – इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। नयाँ काम थाल्न सकिनेछ र व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सोमवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। बिहीवारदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको बहकाउ र भौतिक साधनकाे कमीले अप्ठ्याराे पर्न सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

मिथुन – प्रारम्भमा व्ययभार बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि दिगो काममा लगानी गर्ने अवसर जुट्न सक्छ। सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। सप्ताहान्तमा व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ र मान–सम्मान पनि प्राप्त हुनेछ।

कर्कट – प्रारम्भमा आयआर्जन बढ्नुका साथैसञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। काम बन्नेछ र प्राप्त रकमले विभिन्न आवश्यकता पूरा हुनेछन्। पुरानो कर्जा चुक्ता गर्न सकिनेछ। सोमवारदेखि खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। सोखले विलासी मालसामान जोड्न प्रेरित गर्नेछ।सप्ताहान्तमा रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट खानपानमा रमाउँदै दिगो तथा सुन्दर योजना बनाउने समय छ।

सिंह – साता उत्साहवर्द्धक रहनेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। बुधवारपछि मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरू टाढिनेछन्। खर्च लागे पनि प्रयत्न गर्दा काम बन्नेछ। विदेश ताक्नेहरूलाई भने यात्राको प्रक्रिया अघि बढ्न सक्छ। रकम जोहो गर्न अलि दौडधुप गर्नुपर्ला।

कन्या – केही समय अरूका लागि जुट्नुपरे पनि आफ्नै भाग्योन्नति हुनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। सामाजिक कामका सन्धर्भमा विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। बीचमा विवादास्पद जिम्मेवारी आइलाग्नेछ भने अरूका लागि समय खर्च हुनेछ। तापनि लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। अरूको मन जितेर काम बनाउन सकिनेछ। केही खर्च लागे पनि सप्ताहान्तमा यात्राको अवसर जुट्न सक्छ।

तुला – प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती पनि देखिनेछन्। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। सोमवारपछि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। सप्ताहान्तमा भने विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। व्यर्थैमा अरूको स्वार्थमा उपयोग भइनेछ।

वृश्चिक – प्रियजनसँग भेटघाट हुनाले साताको प्रारम्भ रमाइलो रहनेछ। तर सोखले खर्च बढाउनेछ भने आतिथ्य पनि खर्चिलो हुने समय छ। मिहिनेत परे पनि चिताएको काम सम्पन्न हुनेछ। सोमवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवादास्पद कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। थालेको काम बन्नाले आयस्रोत पनि सबल बन्नेछ।

धनु – प्रारम्भमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् र कर्मयोगले फाइदा दिलाउनेछ। मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ, जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा मन रमाउनेछ। तर रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। बुधवारपछि खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। सप्ताहान्तमा कामको बोझ बढ्नेछ, स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। काम बिग्रने भयले सताए पनि अन्त्यमा फाइदा हुनेछ।

मकर – सुरुमा ईर्ष्या गर्नेहरूले अलि सताउन सक्छन्। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ। तापनि अध्ययनमा प्रगति हुनेछ र सहपाठीहरूलाई पछि पार्न सकिनेछ। व्यापार र उद्योगमा सामान्य फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले काम बन्नेछन् र मिहिनेतले सफलता दिलाउन सक्छ। बुद्धिको उपयोगले लक्ष्यप्राप्ति हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि लगनशीलताले स्थिति अनुकूल बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।सप्ताहान्तमा केही खर्चिलो काम गर्नुपर्ला। स्वास्थ्यका लागि विशेष सावधान रहनुहोला।

कुम्भ – प्रारम्भमा अन्योल बढ्ने हुँदा काम बिग्रने चिन्ताले सताउन सक्छ। नजिकका साथीभाइ टाढिनाले आत्मबलमा कमी आउनेछ। अध्ययनमा केही व्यवधान हुन सक्छ। तापनि सोमवारदेखि स्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। बीचमा प्रतिस्पर्धीहरूले दु:ख दिनेछन्। व्यापार र उद्योगमा काम रोकिन सक्छ। सप्ताहान्तमा व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। प्राप्त उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मीन – प्रारम्भमा विशेष अवसर प्राप्त हुनाले काम बन्नेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। तर सोमवारदेखि पारिवारिक उल्झनमा परिनेछ। साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला, बुधवारपछि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा पेसातर्फ राम्रो नतिजा हासिल गर्न सकिनेछ। मिहिनेतले अध्ययनमा प्रगति हासिल गर्न सकिनेछ। कामको सिलसिलामा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुन सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

Previous Post

नेकपा नफुट्ने निर्वाचन आयोगको निष्कर्ष, माधव नेपाल अवैध अध्यक्ष, यस्तो निर्णय गरिँदै

Next Post

बाटोमै जन्म, बाटोमै मरण

Next Post
बाटोमै जन्म, बाटोमै मरण

बाटोमै जन्म, बाटोमै मरण

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

११ माघ २०७७, आईतवार
निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

११ माघ २०७७, आईतवार
कञ्चनपुरमा बस पल्टियो

कञ्चनपुरमा बस पल्टियो

११ माघ २०७७, आईतवार
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

११ माघ २०७७, आईतवार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English