• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

बैशाखमा चुनाव नहुने गृहमन्त्रीकै संकेत

दैनिकी मिडिया by दैनिकी मिडिया
१३ माघ २०७७, मंगलवार
in राजनीति
0
बैशाखमा चुनाव नहुने गृहमन्त्रीकै संकेत
3
SHARES
33
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने संकेत गरेका छन् ।

प्रेस संगठन नेपाल कालिकोटले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचनको विषय अदालतको फैसलामा भर पर्ने बताएका छन् ।

बैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भर पर्ने गृहमन्त्री थापाले बताए । ‘बैशाखमा चुनाव गराउन सरकार तयारी अवस्था छ । निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन्,’ थापाले भने, ‘अदालतको फैसला कुरिरहेका छौं । अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ होला । अदालतले सरकारको निर्णय सदर गर्छ होला ।’

उनले नेकपा २ भागमा विभाजन भएको र हिजोको निर्वाचन आयोगको निर्णयले विगतको पार्टीलाई आधिकारिकता दिएका कारण आगामी निर्वाचनमा चुनाव चिह्न र पार्टीका विषयमा कानूनी जटिलता आउन सक्ने बताएका छन् । ‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पुरानै पार्टीलाई निरन्तरता दिएको छ,’ थापाले भने, ‘२ भागमा विभाजन भएको पार्टीलाई एक ठाउँमा ल्याउन अहिले सम्भव छैन ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रशासनिक र राजनीतिक तवरबाट नियन्त्रण गर्ने राज्यको नीति भएको जनाउँदै उनले विद्रोहीलाई मूल प्रवाहमा आउन आग्रह गरेका छन् ।

निर्मला पन्तको प्रकरणमा अनुसन्धान जारी रहेको र ढिलोचाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने उनले बताए । ‘कैयौं घटनाबारे टुंगोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्,’ थापाले भने, ‘सो घटनाका दोषीका विषयमा पनि अनुसन्धान जारी छ । ढिलोचाँडो दोषी पत्ता लाग्ने छ ।’

नेकपा माओवादी जनयुद्धका क्रममा भएका अपाङ्गता तथा शहीद परिवारको रोजीरोटीका विषयमा सरकार सचेत र उनीहरुको व्यवस्थापन गर्न सरकारले निर्णय गरेको गृहमन्त्री थापाले बताए ।

यसअघि कालिकोट जाने क्रममा सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राजनीतिक स्थायित्वकै पक्षमा फैसला दिने विश्वास व्यक्त गरेका थिए । थापाले प्रतिनिधिसभा पुनर्स्थापना गर्दा देश प्रतिगमनतिर धकेलिने खतरा औंल्याउँदै ताजा जनादेशमै जानु राजनीतिक स्थायित्वका दृष्टिले उपयुक्त हुने धारणा राखेका छन् ।

Previous Post

पूर्वमन्त्री बाँस्कोटा ट्विट गर्दै भन्नुहुन्छ ‘ हामी ओलीतिर गएका हाेईनाै, ओली हामीतिर आए’

Next Post

सेयर गरौ ! भारतको अस्पतालमा उपचार पर्खिरहेका देवेन्द्र भण्डारी

Next Post
सेयर गरौ ! भारतको अस्पतालमा उपचार पर्खिरहेका देवेन्द्र भण्डारी

सेयर गरौ ! भारतको अस्पतालमा उपचार पर्खिरहेका देवेन्द्र भण्डारी

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

१३ माघ २०७७, मंगलवार
निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

१३ माघ २०७७, मंगलवार
कञ्चनपुरमा बस पल्टियो

कञ्चनपुरमा बस पल्टियो

१३ माघ २०७७, मंगलवार
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

१३ माघ २०७७, मंगलवार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English