• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

नेकपा नफुट्ने निर्वाचन आयोगको निष्कर्ष, माधव नेपाल अवैध अध्यक्ष, यस्तो निर्णय गरिँदै

दैनिकी मिडिया by दैनिकी मिडिया
११ माघ २०७७, आईतवार
in राजनीति
0
नेकपा नफुट्ने निर्वाचन आयोगको निष्कर्ष, माधव नेपाल अवैध अध्यक्ष, यस्तो निर्णय गरिँदै
10
SHARES
99
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ ।

दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुबै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो ।

आयोग स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको विधानसम्मत छैनन् ।

‘दुवै पक्षबाट पार्टीमा गरिएका फेरबदल दलको विधानअनुसार मेल खाएको देखिएन, उहाँहरूले आफ्नो निर्णय तथा कामकारबाहीलाई विधानअनुकूल दाबी गरे पनि त्यो मिलेको छैन,’ स्रोतले भन्यो, ‘आयोग करीब–करीब त्यही निष्कर्षमा पुगेको छ । २–३ दिनभित्र बस्ने बैठकले दुबै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय लिनेछ ।’

आयोगले दुबै पक्षको निर्णयलाई अवैधानिक भन्दै त्यसलाई अस्वीकार गर्नुको अर्थ औपचारिक रुपमा नेकपा एउटै रहेको मानिने छ । आयोगको रेकर्डमा नेकपाका २ अध्यक्ष ओली र प्रचण्ड नै हुनेछन् । वरिष्ठ नेता नेपाल पार्टी अध्यक्ष बनेको विषयले वैधानिकता पाउने छैन ।

‘बाहिर नेकपा विभाजित अवस्थामा रहे पनि कानूनी परिभाषामा नेकपा एउटै मानिने छ,’ आयोग स्रोतले भन्यो, ‘दल विभाजनको कानूनी प्रक्रियामा उहाँहरु नपस्दा आयोगले जबरजस्ती दल विभाजन गरिदिने अवस्था रहँदैन ।’

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेर व्यवहारतः पार्टी विभाजित भएको हो । त्यसयता पार्टीका २ अध्यक्ष ओली तथा प्रचण्डले अलग–अलग पक्ष बनाउनुका साथै एकले अर्कालाई कारबाही गर्ने लगायतका निर्णय गरेका छन् ।

प्रतिनिधिसभा विघटन गरेकामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई प्रचण्ड पक्षले अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाएको छ । उनको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको छ । प्रचण्ड–नेपाल पक्षले नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये दुईतिहाइको साथ आफूहरूसँग रहेको दाबी गर्दै आएको छ । त्यसको जानकारी उनीहरुले आयोगलाई पनि दिएका छन् ।

ओली पक्षले पार्टीको विधान संशोधन गरेर केन्द्रीय कमिटी विस्तार गरेको, अर्का अध्यक्ष दाहालको कार्यकारी अधिकार खोसेको, पार्टीको औपचारिक पत्राचारमा एउटै अध्यक्षको हस्ताक्षर हुने जस्ता निर्णय गरेको छ । पार्टी प्रवक्ता परिवर्तन गरेको छ । ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई विधान संशोधन गरेर ओलीले १ हजार ५०१ सदस्यीय पुर्‍याएका छन् । सुरूमा १ हजार १९९ र पछि त्यसलाई थप बढाइएको जानकारी आयोगलाई गराइएको छ । केन्द्रीय कमिटीका ९०० हाराहारी सदस्यको नामनामेसी समेत आयोगलाई बुझाइसकेको छ ।

प्रचण्ड–नेपाल पक्षले पनि पुस ७ र ९ गते नै केन्द्रीय कमिटी बैठक बसेर ओलीलाई अनुशासनको कारबाही गरेर हटाएको तथा उनको स्थानमा नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको जानकारी आयोगलाई दिएको छ ।

नेकपाको एउटै लेटरप्याड र छाप प्रयोग गरेर दुबै पक्षले पार्टीमा अलग–अलग ढंगले फेरबदल गरिएका पत्रहरु आयोगमा पठाएका छन् । दुवैले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा गरिएको हेरफेरलाई दल दर्ता किताबमा अद्यावधिक गरिदिन आयोगलाई आग्रह गरेका छन् । आयोगले दुबै पक्षको त्यस्तो आग्रहलाई पुस २३ गते अस्वीकार गर्दै त्यसमा थप स्पष्टता खोजेको थियो । पार्टीमा गरिएका फेरबदल विधानसम्मत सुधार गरिए मात्रै दल दर्ता किताबमा अद्यावधिक गर्न सकिने जानकारी आयोगले दुबै पक्षलाई पत्रमार्फत दिएको थियो । ७ दिनको समय दिएर आयोगले दुबै पक्षबाट जवाफ मागेको थियो ।

पुस २९ गते दुवै पक्षले आयोगलाई पठाएको जवाफमा आ–आफ्नो समूहले बोलाएको केन्द्रीय कमिटीको बैठक तथा त्यसले गरेका निर्णय वैधानिक रहेको दाबी गरेका छन् । आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसारको विवरण दल दर्ता किताबमा अद्यावधिक गरिदिन उनीहरूले आयोगलाई आग्रह गरेका छन् । ओली वा प्रचण्ड–नेपाल पक्षले गरेका पछिल्ला दाबी पनि विधानसम्मत नदेखिएकाले उनीहरूले गरेको मागअनुसार दलका विधान वा पदाधिकारीको फेरबदल स्वीकार हुने अवस्था नरहेको निष्कर्षमा आयोग पुगेको छ ।

आयोगको कानून तथा राजनीतिक दल महाशाखाका कानून अधिकृतहरुले दुवै पक्षले पठाएका कागजातको आवश्यक अध्ययन र जाँचबुझ गरिसकेका छन् । स्रोतका अनुसार उनीहरुले दुवै पक्षले गरेको मागअनुसार फेरबदल दल दर्ता किताबमा गर्न नसकिने व्यहोराको सुझाव आयोगका पदाधिकारीलाई दिइसकेका छन् ।

अनौपचारिक छलफलमा आयोगका प्रमुख आयुक्त र अन्य २ आयुक्त पनि त्यही सुझाव अनुसारको निर्णय लिन सहमत देखिएको आयोग स्रोतले बताएको छ । त्यस अवस्थामा नेकपा बाहिर फुटेको देखिए पनि औपचारिक रुपमा आयोगको दल दर्ता किताबमा भने पार्टी संरचना वा विधानमा कुनै फेरबदल भएको मानिने छैन ।

तत्कालीन २ दल एमाले र माओवादी केन्द्र एकीकरण भएर २०७५ जेठ ३ गते नेकपा बनेको थियो । एकीकरणका बेला दलले दिएको विधान, ४४१ सदस्यीय केन्द्रीय कार्यसमिति, अध्यक्षमा ओली र दाहाल, महासचिवमा विष्णु पौडेल लगायतका पार्टीको संरचना र पदाधिकारीमा कुनै पनि फेरबदल नमानिने आयोग स्रोतले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा दलको नाम, विधान, नियम, छाप, झण्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र आयोगले तोकेबमोजिमका अन्य विषयको जानकारी आयोगलाई ३० दिनभित्र गराउनुपर्ने प्रावधान छ । दलबाट त्यस्तो जानकारी प्राप्त भएपछि आयोगले त्यस विषयमा आवश्यक अध्ययन र जाँचबुझ गर्दा त्यस्ता कामकारबाही संविधान, ऐन, नियम र दलको विधान बमोजिम गरेको पाइएमा परिवर्तन भए अनुसारको विवरण दल दर्ता किताबमा अद्यावधि गर्नुपर्ने ऐनको दफा ५१ उपदफा (२) र (३) मा व्यवस्था रहेको छ ।

नेकपाका दुबै पक्षले दलको आधिकारिकतासम्बन्धी मागदाबीमा प्रवेश नगरी पार्टीमा गरिएको हेरफेर अद्यावधिक गरिदिन दबाब आयोगमाथि दिँदै आएका छन् । दलको विधानमा रहेको पार्टीको आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुने व्यवस्थाको कार्यान्वयन नभएको, पार्टीको बैठक बोलाउने प्रक्रिया विधानअनुसार नमिलेको, विधान संशोधन वा केन्द्रीय कमिटी विस्तार गर्ने विषय विधानमा उल्लेखित प्रावधानसँग मेल नखाएको भन्दै आयोगले दुवै पक्षको माग अस्वीकार गर्न लागेको हो ।

राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ (४) मा पार्टीमा हेरफेर गरिएको विषय अभिलेखीकरणका लागि पठाइएको कागजातको जाँचबुझ गर्दा नाम, विधान, नियम, छाप र झण्डा, चिह्न (लोगो) मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले कारण खुलाई सुधारसहित विवरण पेस गर्न सम्बन्धित दललाई ७ दिनको समय दिन सक्ने प्रावधान रहेको छ ।

आयोगले नियमको त्यही व्यवस्थाअनुसार नेकपाको दुबै पक्षलाई पत्राचार गरेको थियो । दुबै पक्षबाट आयोगमा जवाफ आइसकेकाले आयोगले नियमावलीको नियम २५ (५) अनुसार निर्णय दिनुपर्छ ।

नियम २५ (५) ले निर्धारित अवधिभित्र दलबाट प्राप्त भएको विवरणप्रति आयोग सन्तुष्ट भएमा सो बमोजिमको अभिलेख अद्यावधिक गरी राख्ने र कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा सोही व्यहोराको जानकारी सम्बन्धित दललाई गराउनुपर्ने भनेको छ । माग अनुसारको कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा दलको साविकको विवरण कायम रहेको मानिने व्यवस्था छ ।

‘नियम २५ (४) ले तोकेको प्रक्रिया पूरा भइसकेकाले आयोगले नियम २५ (५) अनुसारको निर्णय लिनुपर्छ । आयोगले दुबैमध्ये कुनै पक्षले पठाएको हेरफेरको विवरणलाई स्वीकार्नुपर्‍यो वा अस्वीकार गर्नुपर्‍यो,’ स्रोतले भन्यो, ‘आयोग दुबै पक्षका निर्णयलाई अस्वीकार गरेर जाने निष्कर्षमा पुग्न लागेकाले नियम २५(५) अनुसार मागबमोजिमको विधान संशोधन तथा पदाधिकारी हेरफेर हुन नसक्ने जानकारी दललाई दिइने छ ।’ उनीहरुले गरेको फेरबदललाई आयोगले अस्वीकार गरेको अवस्थामा दुबै पक्षका अगाडि आयोगविरुद्ध अदालत जाने विकल्प हुनेछ । त्यस अवस्थामा आयोगमा केन्द्रित नेकपा विवाद अदालत पुग्ने जनाइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

Previous Post

ओली समूहले वाग्मती प्रदेशमा २३ गते आमसभा गर्ने

Next Post

यो साता निकै शुभ छ यी ६ राशिको भाग्य, कस्तो छ तपाइको राशिफल ?

Next Post
पुस ६ देखि १२ गतेसम्मको साप्ताहिक राशिफल  हेर्नुहोस्

यो साता निकै शुभ छ यी ६ राशिको भाग्य, कस्तो छ तपाइको राशिफल ?

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

११ माघ २०७७, आईतवार
निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

११ माघ २०७७, आईतवार
कञ्चनपुरमा बस पल्टियो

कञ्चनपुरमा बस पल्टियो

११ माघ २०७७, आईतवार
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

११ माघ २०७७, आईतवार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English