• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

एकअर्काको कार्यकर्ता तान्ने रणनीतिमा नेकपाका दुबै समूह

दैनिकी मिडिया by दैनिकी मिडिया
६ माघ २०७७, मंगलवार
in पत्रपत्रिकाबाट
0
एकअर्काको कार्यकर्ता तान्ने रणनीतिमा नेकपाका दुबै समूह
3
SHARES
32
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौं । नेकपा विभाजित भएपछि ओली समूह र दाहाल–नेपाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्।

पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन्।

ओली पक्षले नेताकार्यकर्तालाई आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन दिएको छ। नेपाल–दाहाल समूहले पनि उचित जिम्मेवारी दिने र भरसक नेताकार्यकर्तालाई ओलीतिर जान नदिने रणनीति लिएको छ।

तानातानको होड चलिरहेकै बेला ओली समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पाँच सांसदलाई आफ्नो पक्षमा ल्याएको छ।

दाहाल–नेपाल समूहले विगतमा जिम्मेवारी नपाएका नेताकार्यकर्तालाई जिम्मेवारी दिएर ओली खेमामा जानबाट रोक्ने रणनीति लिएको छ। ओली समूहले लुम्बिनी प्रदेशबाट भगवतीदेवी भण्डारी, वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाएको थियो तर उनीहरू अहिले दाहाल–नेपाल समूहमा लागेका छन्।

नेपाल–दाहाल समूहमा धेरै नेताकार्यकर्ता गएपछि ओली समूहले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा लामा र पूर्वमाओवादीबाट केन्द्रीय सदस्य भएका नेताहरूको सहयोगमा पूर्वमाओवादी र पूर्वलडाकुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ।

ओली समूहले पूर्वमाओवादीका नेताकार्यकर्तालाई पार्टीको जिम्मेवारी दिने रणनीति बनाएको छ। ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

Previous Post

चिसो बढ्यो, यस्तो छ देशभरको मौसमी अवस्था

Next Post

कुनैपनि नेतृत्वले बोल्नुभन्दा पनि विकास गरेर देखाउनु महानताः प्रदेश सभा सदस्य रावल

Next Post
कुनैपनि नेतृत्वले बोल्नुभन्दा पनि विकास गरेर देखाउनु महानताः प्रदेश सभा सदस्य रावल

कुनैपनि नेतृत्वले बोल्नुभन्दा पनि विकास गरेर देखाउनु महानताः प्रदेश सभा सदस्य रावल

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

६ माघ २०७७, मंगलवार
निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

६ माघ २०७७, मंगलवार
कञ्चनपुरमा बस पल्टियो

कञ्चनपुरमा बस पल्टियो

६ माघ २०७७, मंगलवार
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

६ माघ २०७७, मंगलवार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English