• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

चुनाव गर्न देशभर ९८ हजार २०० म्यादी प्रहरीको भर्ना खुल्दै, यस्तो छ तयारी

दैनिकी मिडिया by दैनिकी मिडिया
२५ पुष २०७७, शनिबार
in पत्रपत्रिकाबाट
0
चुनाव गर्न देशभर ९८ हजार २०० म्यादी प्रहरीको भर्ना खुल्दै, यस्तो छ तयारी
5
SHARES
48
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौं – राज्यका ४ वटै सुरक्षा निकाय बैशाख १७ र २७ गते २ चरणमा हुने प्रतिनिधिसभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् ।

गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै १ समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरू गरिसकेको छ ।

मन्त्रालयका अनुसार समितिमा ४ वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट १–१ जना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका छन् ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ सुरक्षा व्यवस्था आवश्यक भएकाले निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माण तथा तयारीलाई प्राथमिकतामा राखिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताएका छन् ।

विगतका निर्वाचनको अनुभव तथा सिकाइसँगै विद्यमान र सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण एवं मूल्यांकन गरी निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रवन्ध मिलाउन मन्त्रालयले सरोकारवाला सम्वद्ध निकायसँग समन्वय गर्दै आएको जनाएको छ ।

नेपाल प्रहरीले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखी उपलब्ध जनशक्ति एवं स्रोतसाधन अधिकतम परिचालन गर्ने गरी ‘निर्वाचन सुरक्षा रणनीति तथा योजना’ बनाउने कार्य भइरहेको जनाएको छ । निर्वाचन शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी प्रहरीले निर्वाह गर्दै आइरहेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने सुदृढ सुरक्षा योजना तथा रणनीति निर्माणको कार्य भइरहेको बताए । २ चरणको निर्वाचनमा कम्तीमा १० हजार प्रहरी मतदान स्थलमा खटिने छन् ।

मतदान टोली र मतदान स्थलको शान्ति सुरक्षाका लागि प्रहरीसँगै करीब ९८ हजार २०० म्यादी सुरक्षाकर्मी भर्ना गरिने प्रहरीले जनाएको छ । प्रवक्ता कुँवरले कार्यालय कुरुवाबाहेक ६५ हजार प्रहरी निर्वाचन सुरक्षामा परिचालन हुने बताएका छन् ।

‘विगतका वर्षको निर्वाचनमा सहभागी गराए जति नै म्यादी प्रहरी भर्ना गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘यस विषयमा सम्बद्ध निकायसँग छलफल जारी छ । मतदान केन्द्रलाई सुरक्षाका दृष्टिले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी ३ चरणमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइने छ ।’

यस विषयमा मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संवेदनशीलताको मूल्यांकन र विश्लेषण गरी आवश्यक विवरण पठाउन निर्देशन दिएको छ । प्रहरीका लागि आवश्यक सञ्चार उपकरण, सवारीसाधन र हतियार सहितका बन्दोबस्ती सामग्री उपलब्ध गराउने विषयमा छलफल जारी छ ।

मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानी तथा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिने तयारी भएको छ । मतदान स्थल तथा केन्द्रको पहिलो घेरामा प्रहरी बसे पनि त्यसपछिको शान्ति सुरक्षा र ढुवानी सशस्त्र प्रहरी र गस्ती सुरक्षामा सेना खटिने छ ।

सशस्त्र प्रहरी बलले पनि सशस्त्र मुख्यालयदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षा सेल गठन गरिसकेको जनाएको छ । सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले मुख्यालयमा सशस्त्र अतिरिक्त महानिरीक्षक, प्रदेशमा डीआईजी र जिल्लामा एसपी र डीएसपीको कमान्डमा निर्वाचन सुरक्षा सेल गठन गरिएको बताएका छन् ।

निर्वाचन सुरक्षामा परिचालन हुने सुरक्षा जनशक्ति, चुनौती, सुरक्षा उपकरण लगायत विषयमा योजना रणनीति बन्दैछन् । नेपाल प्रहरीमा कार्य तथा अपराध अनुसन्धान विभाग प्रमुख एआईजी विश्वराज पोखरेल नेतृत्व गरिरहेका छन् ।

नेपाली सेनाले पनि निर्वाचन सुरक्षाका लागि सैनिक मुख्यालयका अतिरिक्त ८ वटै पृतना मुख्यालय, बाहिनी, विभिन्न जिल्लामा रहेका गण तथा गुल्मबाट निर्वाचन सुरक्षामा सैनिक जनशक्ति परिचालन हुने व्यवस्था मिलाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षासम्बन्धी सूचना संकलन र विश्लेषणमा ध्यान दिन तथा मूल्यांकन सहितको विवरण पठाउन निर्देशन दिएको छ । निर्वाचन विरोधी गतिविधि, सम्भावित घुसपैठ हुन नदिन राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायत सबैमा सतर्क रहन गृह मन्त्रालयले आग्रह समेत गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

Previous Post

आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी बिभाजन गरे : भीम रावल

Next Post

यो साता निकै राम्रो छ यी ७ राशिको भाग्य, तपाइको राशी कुन ?

Next Post
पुस ६ देखि १२ गतेसम्मको साप्ताहिक राशिफल  हेर्नुहोस्

यो साता निकै राम्रो छ यी ७ राशिको भाग्य, तपाइको राशी कुन ?

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

२५ पुष २०७७, शनिबार
पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा बर्षाको सम्भावना

आइतवार देशभर सामान्यतया बदली रहने

२५ पुष २०७७, शनिबार
केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

२५ पुष २०७७, शनिबार
राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको  विवरण संकलन

राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको विवरण संकलन

२५ पुष २०७७, शनिबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English