• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

प्रधानमन्त्री ओलीले स्वागत गरेका भारतिय पत्रकारले सगरमाथामा भारतको दाबी गरे

दैनिकी मिडिया by दैनिकी मिडिया
२९ पुष २०७७, बुधबार
in मुख्य समाचार
0
प्रधानमन्त्री ओलीले स्वागत गरेका भारतिय पत्रकारले सगरमाथामा भारतको दाबी गरे
3
SHARES
30
VIEWS
Share on TwitterShare on Facebook

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ ।

जी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै पुगेको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले भने, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’

उनले भारतसँग सगरमाथाको साइने भएको पनि दाबी गरे । यसबारे उनले सन् १८५२ को घटनाको जानकारी दिएका छन् । उनी भन्छन्, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् । ’

उनी थप्छन्, ‘राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ ।

भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने । ’

उनले पछि स्टुडियोमा पुनः फर्किएर आफूले उक्त यात्रा जीवनभर भुल्न नसक्ने बताउँदै आफ्नो यो यात्राले माउन्ट एभरेष्टको सही अर्थ र महत्व बुझाउने कुरामा आफू आशावादी भएको बताएका छन् । उनले यसबारेमा छ महिनाअघि पनि रिपोर्ट बनाएका थिए ।

स्रोतका अनुसार ‘रअ’ प्रमुख सामन्त गोयललाई नेपाल ल्याउन मध्यस्ता गर्ने टोलीले नै चौधरीलाई ल्याएर प्रधानमन्त्रीसँग अन्तरवार्ता गर्ने चाजोपाजो मिलाएको थियो । -रातोपाटी

Previous Post

बान्निगढी जयगढ गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत ढुंगानाको बिदाई

Next Post

आजको मौसम : प्रदेश १ र गण्डकीमा हल्का वर्षा

Next Post
यस्तो रहनेछ आज देशभरको मौसम

आजको मौसम : प्रदेश १ र गण्डकीमा हल्का वर्षा

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

२९ पुष २०७७, बुधबार
पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा बर्षाको सम्भावना

आइतवार देशभर सामान्यतया बदली रहने

२९ पुष २०७७, बुधबार
केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

२९ पुष २०७७, बुधबार
राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको  विवरण संकलन

राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको विवरण संकलन

२९ पुष २०७७, बुधबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English