• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

चुनावमा आए अध्यक्ष पद छोड्न तयार छु : प्रधानमन्त्री

दैनिकी मिडिया by दैनिकी मिडिया
१६ पुष २०७७, बिहीबार
in पत्रपत्रिकाबाट, मुख्य समाचार
0
अब प्रचण्डसँग सँगै हिँड्न नसकिने ओलीको निष्कर्ष
6
SHARES
60
VIEWS
Share on TwitterShare on Facebook

काठमाडौं । संसद् विघटन भएसँगै विभाजित बनेको नेकपाको दुई समूहबीच आरोपप्रत्यारोप तीव्ररुपमा अगाडि बढेको छ । पार्टी विभाजित भएसँगै दुवै समूहले देशव्यापीरुपमा भेला र विरोध प्रदर्शनको कार्यक्रम अगाडि बढाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले मंगलबार राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो अभिव्यक्ति दिएका थिए ।

प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सकिएसँगै बुधबार नेकपाका अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालमाथि कटाक्ष गर्नुभएको छ । भृकुटीमण्डपमा आयोजित विरोध सभामा प्रचण्ड र नेपालले उठाएको प्रश्नप्रति लक्षित हुँदै अध्यक्ष ओलीले जवाफ फर्काउनुभएको हो । प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको आरोप लगाउनुभयो ।

सुदूरपश्चिम क्षेत्रका आफूनिकट नेकपाका कार्यकर्ता तथा नेताहरूको राजधानीको एक पार्टी प्यालेसमा भएको भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्, नेपालको के टिप्पणी गर्नु उहाँ (नेपाल) प्रचण्डको कार्यकर्ता भएर जानुभयो ।’ उहाँले पार्टी एकताका लागि धेरै कोसिस गरे पनि प्रचण्ड–नेपाल पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाउनुभयो । आफूले प्रचण्डसँग सहमति गर्दा आफ्नो एउटा ब्रिफकेस नै भरिए पनि प्रचण्डले सहमति कार्यान्वयन नगरेको ओलीको भनाइ थियो ।

पार्टी एकता गर्नका लागि पूर्वमाओवादी पक्षलाई ४० प्रतिशत हिस्सा दिएको र त्यही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग भएकोमा दुःख व्यक्त गर्दै ओलीले भन्नुभयो– ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट थियो, त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने मलाई थाहा थियो । तर एकताका लागि मैले ४० प्रतिशत दिएँ । तर, उहाँले त्यो शक्ति बहुमतको खेलमा लगेर केन्द्रित गर्नुभयो जसले गर्दा पार्टी यो स्थितिमा पुग्यो ।’

अध्यक्ष ओलीले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने बताउँदै अबको चुनावमा प्रचण्ड–नेपाल पत्तासाफ हुने दाबी गर्नुभयो । आफूलाई पार्टीको अध्यक्षबाट हटाउनका लागि आफू प्रचण्डको कार्यकर्ता नभएको जवाफ दिँदै प्रचण्ड–नेपाल पक्ष चुनावमा आउने भए अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभयो ।

आफूले पटक–पटक सम्झाउने प्रयास गरे पनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको आरोप लगाउँदै उहाँले तीन वर्षमा धेरै साबुन, स्याम्पु र ट्यांकरको पानी सकिए पनि प्रचण्ड नसुध्रिएको बताउनुभयो । प्रचण्ड–पक्षले आफूसँग बहुमत भएको दाबी गरे पनि उनीहरुको बहुमत नभएको ओलीको दाबी थियो । ‘कमिलालाई काल आयो भने पखेटा पलाउँछ, अहिले यिनीहरु फुरफुर गरेर हिँडेका छन् । यिनका हिसाब जनताले राखेका छन्।’ –ओलीले व्यंग्य गर्नुभयो । नेपाल समाचारपत्रबाट

Previous Post

तपाईको हातमा पैसा टिक्दैन ? ४ उपाय जसले बर्सनेछ लक्ष्मीको कृपा

Next Post

देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

Next Post
आज देशभर थप २६ सय ३८ जनामा संक्रमण पुष्टि

देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

१६ पुष २०७७, बिहीबार
ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

१६ पुष २०७७, बिहीबार
अछामका विभिन्न वनमा आगलागी

अछामका विभिन्न वनमा आगलागी

१६ पुष २०७७, बिहीबार
भोली मंसिर १९ गते विहीबार  हेर्नुहोस् तपाइको  राशिफल

आज निकै राम्रो छ यी राशिको भाग्य, आजको राशिफल

१६ पुष २०७७, बिहीबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English