अछाम – जिल्लाकाे तुर्माखाँद गाउँपालिकामा भिरकिछडा बुडाखोला खानेपानी योजनाको शिलान्यास गरीएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ जम्मपानीमा बन्न लागेको खानेपानी योजनाको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले शिलान्यास गर्नुभयो ।
तुर्माखाँद गाउँपालिकामा सञ्चालित ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजना अन्र्तगत ९२ लाख बढीको लागतमा उक्त खानेपानी योजना निर्माण गर्न लागिएको गाँउपालिकाले जनाएको छ ।
गाउँपालिकाको २९ लाख २९ हजार ४ सय ६० रुपैयाँ, नेपाल सरकारको १३ लाख ५९ हजार १ सय ३३ रुपैयाँ, फिनल्याण्ड सरकारको २५ लाख २४ हजार १ सय ४ रुपैयाँ र उपभोक्ताको श्रमदानबाट २३ लाख ९३ हजार ६ सय ५० रुपैयाँ गरी जम्मा ९२ लाख ६ हजार ३ सय रुपैयाँ बढीको लागतमा खानेपानी योजना बनाउन लागीएको गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले जानकारी दीनुभयो ।
उहाँका अनुसार भिरकिछडा बुडाखोला खानेपानी योजना निर्माणपछि वडा नम्बर ५ को जम्मपानी क्षेत्रका ८९ घरधुरीका ७ सय २६ जनसंख्या तथा विद्यालयहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।
यो बिषयमा तपाईको धारणा