• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

जानी राख्नुहोस् , गर्भधारणका लागि सबैभन्दा उत्तम उमेर कुन ?

दैनिकी मिडिया by दैनिकी मिडिया
११ मंसिर २०७७, बिहीबार
in स्वास्थ्य/जीवनशैली
0
जानी राख्नुहोस् , गर्भधारणका लागि सबैभन्दा उत्तम उमेर कुन ?
28
SHARES
282
VIEWS
Share on TwitterShare on Facebook

अहिलेका युवा–युवती विवाहको विषयलाई लिएर त्यति हतार देखाउँदैनन् । यहाँसम्म कि विवाहपछि सन्तान उत्पादनका लागि पनि आफूहरुको जीवन राम्रोसँग सेटल नहुञ्जेल पर्खने र त्यसपछि मात्रै गर्भधारणको योजनामा लाग्ने गर्छन् ।

यसबाट वैवाहिक जीवनमा बाधिएका जोडीलाई जीवन जिउने कुरामा महत्वपूर्ण सहयोग पनि मिलिरहेको हुन्छ । तर गर्भधारणको विषयलाई हेर्ने हो भने एउटा उमेर समूहपछि महिलाहरुमा सन्तान उत्पादनको क्षमतामा ह्रास आउने हुन्छ । यसले तनाव उत्पन्न गराउने छ । उपयुक्त गर्भधारणको उमेर नाघिसकेको अवस्थामा गर्भधारण भएपनि गर्भपतन हुने तथा अन्य समस्या देखिन सक्छ ।

त्यसैले कुन–कुन उमेर समूहमा गर्भधारण गर्नु उपयुक्त हुन्छ त ?

२० देखि ३० वर्षसम्म : २० देखि ३० वर्ष उमेर समूहलाई गर्भधारणको सबैभन्दा उत्तम समय मानिन्छ । यो उमेर समूहमा महिलामा गर्भधारणसँग जोडिएका विभिन्न समस्या आउने आशंका अत्यन्तै कम हुन्छ ।

यो उमेर समूहका महिलाको शरीरमा सबैभन्दा बढी स्वस्थ अण्डा उत्पादन हुन्छ । जसका कारण समस्यारहित ढंगले गर्भधारण सफल रुपमा हुने सम्भावना बढी हुन्छ ।

३० देखि ३९ वर्षसम्म : यो उमेर समूहमा महिला प्रवेश गर्दैगर्दा उसको शरीरमा भएको अण्डाको संख्या कम हुँदै जाने गर्छ । महिलाको शरीमा करिब दश लाख अण्डा हुन्छ । किशोरावस्थाबाट माथिको उमेर बढ्दै जाँदा उक्त अण्डा ३ लाखमा झर्नेछ ।

यसमा ३ सयदेखि ४ सय अण्डा भने गर्भधारणका लागि सफल हुने खालका हुन्छन् । ३७ वर्षको उमेरसम्ममा मात्र २७ हजार अण्डा महिलाको शरीरमा हुन्छ । अण्डाको संख्या घट्दै जाँदा यो उमेरमा आइपुग्दा गर्भधारण गर्ने सम्भावना पनि कम हुँदै जान्छ ।

यो उमेर समूहमा महिलाले गर्भधारण गरे पनि उसले विभिन्न स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ । जसले उसको कोखमा हुर्कदै गरेका बच्चाको शारीरिक विकासमा पनि प्रभाव पार्दछ । साथै यो उमेरमा गर्भपतनको पनि उत्तिकै उच्च जोखिम हुन्छ ।

४० वर्षदेखि ४९ वर्षसम्म : एक अध्ययनअनुसार यो उमेर समूहमा महिलाले तीन महिनासम्म गर्भधारण गर्ने प्रयास गरेमा यसको सफलताको दर सात प्रतिशत मात्रै हुन्छ । यदि यो उमेर समूहकी महिलाले गर्भधारण गरेपनि उसको र बच्चाको स्वास्थ्यमा थुप्रै किसिमका जोखिम आउन सक्ने छन् ।

यस्ता जोखिमहरुमा गर्भपतन, निश्चित समयभन्दा अगाडि नै सुत्केरी, बच्चाको कम तौल, बच्चा जन्मदैदेखि रोगी, जन्मिएको बच्चाको मृत्युसम्म हुने सम्भावना अत्यन्तै धेरै हुन्छ ।

यो उमेर समूहकी महिलाले गर्भधारण गरेमा ब्लड प्रेसर (बीपी) वा सुगर (मधुमेह) को समस्या आमरुपमा हुने गर्दछ । यस्तै, गर्भपतनको सम्भावना पनि दुई गुणा बढी हुने गर्दछ ।

Previous Post

नामबाटै थाहा हुन्छ कसको स्वभाव कस्तो छ ? जान्नुहोस् तपाइकाे स्वभाव कस्तो

Next Post

सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप

Next Post
सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप

सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

अख्तियारमा अछामका स्थानीय तहका २७ उजुरी

अख्तियारमा अछामका स्थानीय तहका २७ उजुरी

११ मंसिर २०७७, बिहीबार
विनायकमा सञ्चालित माकुरा समुहको ३ दिने तालिमको समापन

विनायकमा सञ्चालित माकुरा समुहको ३ दिने तालिमको समापन

११ मंसिर २०७७, बिहीबार
बच्चाले ओछ्यानमा पिसाब गरेर हैरान बनाए ? यस्तो छ उपचार

बच्चाले ओछ्यानमा पिसाब गरेर हैरान बनाए ? यस्तो छ उपचार

११ मंसिर २०७७, बिहीबार
आम नेपाली जनताको सहज पहुँचमा कहिले पुग्छ कोरोना खोप ?

आम नेपाली जनताको सहज पहुँचमा कहिले पुग्छ कोरोना खोप ?

११ मंसिर २०७७, बिहीबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English