अछाममा सडक कालोपत्रका नाममा गम्भिर लापरबाही

64
SHARES
355
VIEWS

निराजन भण्डारी । अछामको गैरिटाँड–कमलबजार–बाँसकाँडा सडक कालोपत्रका नाममा गम्भिर लापरबाही गरिएको पाइएको छ ।सडक कालोपत्रे गरिरहेको पीके निर्माण सेवाले गुणस्तरहिन कमसल खालका निर्माण सामग्रीको प्रयोग गरेको पाइएको हो । सडक कालोपत्रेको काम सम्पन्न नहुदै सडक उप्किन थालेको छ ।

यतिबेला गैरिटाँड–कमलबजार–बाँसकाँडा २३ किलोमिटर सडकको कालोपत्रे भइरहको छ । सडक निर्माणमा गुणस्तरहिन सामग्रीको प्रयोग भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

सडक कालोपत्रेको काम भइरहेको बेला सडक उप्किन थाल्नुले यसमा निर्माण कम्पनीको गम्भिर लापरबाही रहेको बुझिएको बताउँदै स्थानीय समाजसेवी निर्मल बिष्टले यो बिषयमा छानविन गर्न माग समेत गर्नुभयो ।

कमलबजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल जिल्ला समुन्वय समितीका सदस्य पुर्ण रावल रास्वापाका नेता जिवन तिमिल्सैना  एमालेका नेता खेमराज जैसी नेपाल कम्युनिष्ट पाटीका नेता निर्मल बिष्टले उक्त सडकको अनुगमन समेत गरेका छन ।

उक्त २३ किलोमिटर सडक आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार ९ सय ६६ रुपैयाँ रहेको छ । पूर्वाधार विकास कार्यालय साँफेबगर मार्फत पीके निर्माण सेवाले काम गरिरहेको छ । सो खण्डको कालोपत्र २०८२ पुस २९ भित्र सक्नुपर्ने सम्झौता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार