मेल्लेख ६ षोडशालाई बालमैत्री वडा घोषणा गरिदै

9
SHARES
52
VIEWS

टेक बहादुर थापा । अछामको मेल्लेख गाउँपालिका वडा न ६ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिने भएको छ । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई यही जेठ १० गते एक भव्य समारोहका विच बालमैत्री स्थानीय शासन वडा घोषणा गरिने भएको हो ।

वडामा रहेका ५ सय ८४ घर परिवारमा बालबालिकाको समग्र अवस्थाको बारेमा सर्वेक्षण गरी बालबालिकाको वस्तुस्थिति विवरण तयार गरेको वडा अध्यक्ष तिलक बहादुर कडायतले जानकारी दिनुभयो ।

यही अभियान सफल पार्नका लागि २ वर्ष देखीको तयारी अन्तिम चरणमा पुगेपछी अब वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिने वडा अध्यक्ष कडायतको भनाई छ ।

यो अभियान सफल पार्नका लागि आस्था नेपालको सहजिकरणमा वडाका सबै विद्यालय, स्वास्थ्यकर्मी र अन्य सरोकारवाला परिचालित भएपछी घोषणको अन्तिम चरणमा पुगेको आस्था नेपालका कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्लाले बताउनुभयो ।

आइतबार बालमैत्री वडा घोषण गर्नका लागि वडा न ६ को वडा कार्यालयमा आयोजना गरिएको जिल्ला परियोजना सल्लाहकार समितिद्धारा बालमैत्री वडा घोषणाका लागि अनुगमन कार्यक्रममा सहभागि सरोकारवालाहरुले वडालाई बालमैत्री स्थानीय शासन वडा घोषण गर्नका लागि सबै तयारी पुरा भईसकेकाले घोषणा कार्यक्रमको तयारीमा आफुहरु जुटेका बताएका थिए ।

वडामा रहेका ५ सय ८४ वटा घरधुरीको सर्वेक्षण पछी त्यहाको अवस्थाका बारेमा जानकारी सहित आगामी दिनमा गर्नुपर्ने गतिविधिको बारेमा समेत छलफल भएको थियो ।

बैठकमा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले मेल्लेख गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको भन्दै अब बाकी वडालाई पनि बालमैत्री वडा घोषणा गर्नका लागि पहल गर्न सुझाव दिनुभएको छ ।

स्थानीय सरकार नागरिक प्रति उत्तरदायी हुनुपर्ने बताउदै समन्वय प्रमुख कुवँरले घोषणा भईसकेका वडाको प्रभावकारी कार्यन्वयन र बाकी रहेका वडामा रचनात्मक गतिविधि गर्न आग्रह गर्नुभएको छ ।

सोही कार्यक्रममा बोल्दै मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काले यस भन्दा अघि पनि पालिकामा रहेका २ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको र वडा न ६ लाई १० गते घोषणको तयारी रहेको बताउनुभयो ।

यो महान कार्यमा सहयोग गर्ने साझेदार संस्था आस्था नेपाललाई धन्यवाद दिदै पालिका उपाध्यक्ष खड्काले पालिकाले संचालन गरेका राम्रा कार्यको प्रचार प्रसार र सुधार गर्नुपर्ने ठाउमा रचनात्मक सुझाव दिन समेत आग्रह गर्नुभएको थियो ।

बैठकमा आस्था नेपालका अध्यक्ष नृर्मला रावल, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेक बहादुर थापा लगायतले मन्तव्य राख्दै वडालाइ बालमैत्री वडा घोषणा गर्नका लागि आ– आफ्नो क्षेत्र बाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

जेठ १० हुने घोषण कार्यक्रमको तयारी पनि तिब्र पारिएको वडा समितीले जनाएको छ । कार्यक्रमको संचालन वडा सचिव हिमाल खड्काले गर्नुभएको थियो ।

वल्र्ड भिजनको आर्थिक सहयोग, आस्था नेपालको सहजिकरणमा पालिकामा रहेका वडा न ३ ठाठी र वडा न ७ नन्देगडा यस भन्दा अघि नै बालमैत्री वडा घोषणा भईसकेका आस्था नेपालका अनुगमन अधिकृत हर्क बहादुर खड्काले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार