निराजन भण्डारी । अछाममा बैशाख २१ देखि सुरु भएको कक्षा १२ को परीक्षा आज देखि सकिएको छ । यसअघि वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक,कर्मचारी लगायतको आन्दोलनका कारण १० दिन सरेको थियो । कक्षा १२ को परीक्षामा अछामबाट छात्र तथा छात्रा गरी ३ हजार १ सय ५४ जना परीक्षार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाई अछामले जनाएको छ ।
परिक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई अछामका सुचना अधिकारी सुरेन्द्र बजगाईले जानकारी दिनुभएको छ । परीक्षाका लागि अछाममा १७ वटा परिक्षा केन्द्र तोकिएका थिए । परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको थियो भने परीक्षा केन्द्रमा मोबाइल फोन,स्मार्ट घडी लगायत विद्युतीय उपकरण लैजान निषेध गरिएको थियो ।













Discussion about this post