भाेली माओवादी अध्यक्ष प्रचण्ड सहित शिर्ष नेता अछाम आउदै

5
SHARES
30
VIEWS

नेपाल कम्युनिष्ट पार्टी (माओवादि केन्द्र) यतिखेर मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानमा होमिरहेको छ।

तराइ मधेश जन्तासंग माओवादी विशेष जागरण अभियान सम्पन भइ दोस्रो चरणको कार्यक्रम माओवादी केन्द्रले तयार गरेको हो ।

देश दौडाहा अभियानमा होमिएको माओवादी केन्द्रको दोस्रो चरणको अभियान सुदुरपश्चिम प्रदेशको बैतडी जिल्लाबाट जेठ २ गते बैतडीको पाटनमा उद्घाटन जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ ।

त्यसै गरी, जेठको ३ गते बिहान चौरपाटीको चौखुट्टेबजारको प्रवेस द्वारमा माओवादी केन्द्र अछाम द्वारा स्वागत गरिने अछाम इन्चार्ज शरद शिंह भणडारिले बताउनु भएको छ ।

सोही दिन अछामको साँफेबगरमा दिउँसो बृहत जनसभा,बेलुका मंगलसेनमा जनसंवाद,राती पञ्चदेवल नगरपालिकाको बिनायकमा बसोवास हुने माओवादी केन्द्र अछामले बताएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड),उपाध्यक्ष एंवम पुर्व मन्त्री नारायणकाजी श्रेष्ठ,उपाध्यक्ष एंवम पुर्व सभामुख अग्नि साप्कोटा,उपाध्यक्ष एंवम पुर्व मन्त्री पम्फा भुषाल,उपाध्यक्ष एंवम पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ,महासचिव (पुर्व मन्त्री) देव गुरुङ,उपमहासचिव (पुर्व मन्त्री)एंवम सुदुरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेल लगायतका केन्द्र,प्रदेश र जिल्ला स्तरका शिर्ष नेताहरुको उपस्तिथि हुने बताइएको छ। ४ गते बिहान दैलेखको सदरमुकाम दुल्लुमा सम्पन्न हुने कार्यक्रमका लागि कर्णाली बेलखेतमा बिदाइ गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार