टेक बहादुर थापा । अछाम जेसिज बर्ष २०२५ ले होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । बर्ष २०२५ का अध्यक्ष जितमान बोहराको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोगटीले हाम्रा चाडपर्वलाई आफ्नो सामाजिक मुल्य मान्यता भित्र रहेर मनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
आज नेपालीहरु आफ्नो पुर्खाहरुले मनाउदै आएका चाडपर्व भन्दा पनि पश्चिम मुलुकका नागरिकले मनाउदै आएका पर्वहरु मनाउन थालेको भन्दै आफ्ना सामाजिक परम्परालाई अंगाल्नुपर्नेमा जोड दिनुभएको थियो । हाम्रा चाडपर्वलाई पर्यटन प्रवर्दन संग जोड्न सकेको खण्डमा यसले हाम्रो आर्थिक समृद्धिमा पनि टेवा पु¥याउने विश्वाश व्यक्तगर्नुभएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले होरीको महत्व र यसको इतिहासको बारेमा जानकारी गराउदै होली हाम्रो मौलिक पर्व भएकाले यसको गरिमा बढाउदै लैजानुपर्ने बताउनुभएको छ । पछिल्लो समयमा हाम्रो संस्कृती भित्र पनि केही विकृति फैलिन थालेकाले यसतर्फ हामी सजग हुनुपर्ने बेला आएको बताउनुभयो । होली सबै तरिकाले खेल्न र गाउन मिल्ने भएकाले पनि यसको महत्व झन बढेर गएको नगर प्रमुख बोहराको भनाई छ ।
नेपाली काग्रेसका जिल्ला सहसचिव दिनेश स्वाँरले पछिल्लो समयमा यस्ता चाडपर्वहरु क्रमिक रुपमा लोप हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । हाम्रा चाडपर्वमा गाइने गीतहरु, बजगाउने बाजाहरु र अन्य पहिरनहरु हराउदै गएको भन्दै यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने नेता स्वाँरले बताउनुभयो ।
कार्यक्रममा मंगलसेन नगरपालिका उप प्रमुख संगिता रावल सोडारी, नेकपा एमाले अछामका जिल्ला सचिव भिम रावल,उद्योग बाणिज्य संघ अछामका अध्यक्ष बम बहादुर रावल, नागरिक समाज अछामका अध्यक्ष शंकर बहादुर रावल, अछाम जेसीज वर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाही, २० का अध्यक्ष तुलाराम बिसी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि सरोकारवालाले आ आफ्नो ठाउबाट उठेर शुभकामना दिएका थिए ।कोषाध्यक्ष कमल रावलको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन कार्यकारीणी उपाध्यक्ष झनक अधिकारीले गर्नुभएको थियो ।













Discussion about this post