तुर्माखाँदका कर्मचारीद्वारा माओवादीकाे अभिव्यक्ति प्रति आपत्ती

67
SHARES
374
VIEWS

टेक बहादुर थापा । नेकपा माओवादी केन्द्रका नेताहरुले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति प्रति अछामको तुर्माखाद गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आपत्ती जनाएका छन । फागुन १८ गते तुर्माखाँदको खुल्ला मंचमा भएको नेकपा माओवादी केन्द्रको पालिका अधिवेशनमा पार्टीका जिम्मेवार नेताहरुले कर्मचारीहरुलाई तथ्यहिन आरोप लगाएको भन्दै कर्मचारीले आपत्ती जनाएका हुन ।

जिम्मेवार पार्टीका जिम्मेवार नेताहरु बाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु भनेको आपत्तीजनक कुराभएको कर्मचारीहरुको बुझाई छ । यसै विषयलाई लिएर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र जारी गरेका छन । पार्टीका नेताहरुले पालिकामा कार्यरत कर्मचारीको मनोवल कमजोर पार्ने, आम नागरिकहरुमा भ्रम छर्ने तथा संस्थागत प्रतिष्ठामा आँच पुग्नेगरि सार्वजनिक रुपमा गलत तथा अपमानजनक अभिव्यक्ति दिएको प्रति कर्मचारीको गम्भीर ध्यानाकर्षण भएको भन्दै संयुक्त ध्यानाकर्षण पत्र जारी गरेका हुन ।

पालिकामा कार्यरत सबै कर्मचारीहरुको हस्ताक्षर रहेको उक्त ध्यानाकर्षण पत्रमा जिम्मेवार व्यक्तिहरु बाट यस्ता गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आउनु अत्यान्तै खेदजनक रहेको कर्मचारीले बताएका छन । मान्छेको अनुहार हेरेर सेवा प्रवाह गर्ने, मिलेमतो गर्ने र भ्रष्टाचार गर्ने जस्ता आरोपहरु निराधार, कपोकल्पीत रहेकाले यस्ता तथ्याहिन आरोप नलगाउन चेतावनी समेत दिएका छन । ध्यानाकर्षण पत्रमा यदी कोही कर्मचारी बाट यस्तो कार्य भएको भए प्रमाण सहित सम्बन्धित निकायमा उजुरी दिन कर्मचारीको चुनौती छ ।

यसरी सार्वजनिक रुपमा अपमान तथा चरित्र हत्या गर्ने कार्य गैरकानुनी मात्रै नभई नैतिक रुपले पनि अनुचित छ, त्यसैले गलत अभिव्यक्ति दिने पार्टीका नेताहरुलाई कुनै पनी भ्रामक प्रचारप्रति सचेत रहन र जिम्मेवारीपूर्ण व्यवहार अपनाउन अनुरोध गरिएको छ । आगामी दिनमा पनि कर्मचारीको आत्मबल कमजोर हुनेगरि गलत आरोप लगाईएको खण्डमा कर्मचारीहरु चुप लागेर नबस्ने कर्मचारीहरुले चेतावनी दिएका छन । पालिकामा कार्यरत कर्मचारीहरु आफ्नो जिम्मेवारी प्रति प्रतिबद्ध रहेकाले कहीकतै कमजोरी भएको खण्डमा सुधार गरेर लैजाने प्रतिबद्धता समेत उक्त ध्यानाकर्षण पत्र मार्फत जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार