निराजन भण्डारी । नेकपा एमालेको तिन महिने गाउँ केन्द्रित अभियान अन्तर्गत मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्ती र वडा नम्बर २ मिस्तुरुको संयुक्त आम भेला सुवाखाँदमा सम्पन्न भएको छ । वडा नम्बर २ मिस्तुरुका वडा कमिटी अध्यक्ष लालबिरे कामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोगटीले जनताका विचार समस्या र गुनासोलाई बुझ्नको लागि गाउँ केन्द्रित अभियान सञ्चालन गरिएको बताउनुभयो ।
नेकपा एमालेलाई ८४ सालको निर्वाचनमा बलियो निर्णायक शक्ति बनाउनका लागि तिन महिने अभियान सञ्चालन गरिएको बताउँदै यसका लागि एमालेका कार्यकर्ताले जनता सँग जोडिनुपर्नेमा जोड दिनुभएको छ । यो कार्यक्रमको अर्को उदेश्य भनेको संगठन निर्माण गर्नु मात्र नभइ समुदायको आवश्यकता पहिचान गर्नुभएको पनि उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य भिम बहादुर जनालाले एमालेले सुखी नेपाली सम्बृद्ध नेपालको परिकल्पना अघि सारेकाले सोही योजना साकार पार्न यस्ता रचनात्मक गतिविधि संचालन गरिरहेको बताउनुभयो । गाउँघरमा रहेका जनाताका समस्या पहिचान गर्ने उदेश्यले गाउँ केन्द्रित अभियान सञ्चालन भइरहेको उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले एमालेबाट निर्वाचित जनप्रतिनिले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । निर्वाचनको बेला जनता सामु जनाएका प्रतिवद्धता पुरा भए नभएको समिक्षा गर्नुपर्ने बताउनुभयो । एमाले बाट निर्वाचित जनप्रतिनिधिले नागरिकको चाहाना बमोजिम काम नगरे यसको घाटा पार्टीलाई हुने भएकाले यस तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा,जिल्ला कमिटी सचिव भिम बहादुर रावल,जिल्ला कमिटी सचिवालय सदस्य मान बहादुर बोगटी, भिम बहादुर राना, सिद्ध प्रसाद ढुंगाना वडा अध्यक्ष लोकराज नाथ, जिल्ला सल्लाहकार सदस्य गंगा थापा, नगर सचिव डम्बर बहादुर रावल पुर्व प्रधान पञ्च पहराम राना लगायतले मन्तव्य राख्नुभएको थियो । वडा नम्बर १ का वडा कमिटी अध्यक्ष प्रशान्त रानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल अछामका जिल्ला कमीटी सदस्य बृख रानाले गर्नुभएको थियो ।













Discussion about this post