भैरवस्थानका २५ जना जेष्ठ नागरिकहरुलाई सम्मान

12
SHARES
67
VIEWS

टेक बहादुर थापा । अछामको तुर्माखाद गाउँपालिका वडा न ३ भैरवस्थानले वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाका २५ जना जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गर्दै सम्मान गरिएको हो । वडाको वार्षिक स्विकृत कार्यक्रम अन्र्तगत वडाका जेष्ठ नागरिकको सहजताका लागि भन्दै वडा कार्यालयले वडाका जेष्ठ नागरिकहरुलाई बर्षेनी सम्मान गर्दै आएको वडा अध्यक्ष कासीराम बुढाले जानकारी दिनुभएको छ । मंगलबार वडामा एक कार्यक्रमको आयोजनागरि जेष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष बुढाको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष बीमला शाही प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष शाहीले जेष्ठ नागरिक भनेका हाम्रा सम्पती भएको भन्दै उहा हरुको उचित किसीमको लालन पालनमा सन्तानले ध्यान दिनुपर्ने बताउनुभयो । आज जेष्ठ नागरिकहरु घर परिवार र समुदाय बाट अपहेलित हुन थालेको भन्दै उपाध्यक्ष शाहीले हामीले हाम्रा जेष्ठ नागरिकलाई सम्मान गर्न सक्यौ भने मात्रे हाम्रा पछीका सन्ततिले हामीलाई सम्मान गर्ने भएकाले घर परिवारमा जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । वडाले आफुहरुको सम्मान स्वरुप न्यानो कम्बल वितरण गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य झंकर नेपाली, सुनिता शाही, वडा सदस्य, चन्द्रा देवी विक, लाल बहादुर नेपाली, लोक बहादुर टमट्टा, नेपाली काँग्रेसका टीकाराम बुढा, एमालेका कटक बिसी, माओवादी केन्द्रका ददीराम बिसी, राष्ट्रिय स्वतन्त्र पार्टीका उजिर सिंह बिसी, विन्धेबासीन माविका प्रधानाध्यापक भिम बहादुर बिसी, भैरव माविका प्रधानाध्यापक पदम बहादुर बुढा, बसुन्धरा माविका शिक्षक मान बहादुर बिसी, लगायतको सहभागिता रहेको थियो । वडा सदस्य ललिता बुढाको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रको संचालन वडा सचिव महेन्द्र बिसीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार