निराजन भण्डारी । स्थानीय तहकाे न्यायिक समितिले प्रदान गर्ने सेवाको सार्वजनिक समीक्षा सहितकाे १ दिने अन्तरक्रिया कार्यक्रम तुर्माखाँद गाउँपालिका वडा नम्बर ७ ताेषीमा सम्पन्न भएको छ ।
वडा नम्बर ७ ताेषीका कार्यवाहक वडा अध्यक्ष अम्मर नाथ देवकोटकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथिमा
तृमाखाँद गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयाेजक बिमला कुमारी शाही रहनुभएकाे थियोे ।
अन्तरक्रिया कार्यक्रममा सहभागी नागरिकलाई तुर्माखाँद गाउँपालिकाका ऊजुरी शाखा प्रमुख प्रेम बहादुर बुढाले पालिका स्तरीय न्यायिक समितिद्वारा प्रवाह भइरहेका सेवा तथा न्यायिक निकायको जिम्मेवारी र भूमिका बारेमा जानकारी गराउनुभएकाे थियोे ।
कार्यक्रमका सहभागीहरुले नागरिकहरूको न्यायमा सहज पहुँच पुर्याउने गरी काम गर्न पालिकाकाे न्यायिक समितिलाई सुझाव दिनुका साथै वडा स्तरबाटै न्यायिक निकायलाई पीडित मैत्री बनाउनु पर्नेमा जाेड्दिएका थिए । साथै उनीहरूले स्थानीय स्तरमै गएर नागरिकका पिडा समस्या बुझ्न याे कार्यक्रमले महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने विश्वास लिएका छन ।
कार्यक्रममा सहभागी नागरिकले उठाएका प्रश्नकाे जवाफ दिदै न्यायिक समिति संयाेजक शाहीले स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख गरिए अनुसार न्यायिक समितिका काम कारबाही गर्दे आएको बताउनुभयो । प्रभावकारी न्याय सम्पादन गरी सहज तरिकाले न्याय दिने काममा आफु प्रतिबद्व रहेकाे भन्दै न्यायिक समिति संयाेजक शाहीले अन्याय सहेर नबस्न सम्पूर्ण नागरिकलाई आग्रह समेत गर्नुभएको छ।
कार्यक्रममा तुर्माखाँद गाउँपालिकाका न्यायिक समिति सदस्य झँकर बहादुर नेपाली ,सुनिता शाही,वडा सदस्यहरु,विभिन्न पाटीका प्रमुख एवम् प्रतिनिधि विभिन्न विद्यालयका प्रमुख एवम् प्रतिनिधि विभिन्न संस्थाका प्रमुख एवम् प्रतिनिधि र स्थानीय नागरिककाे सहभागीता रहेकाे थियोे ।
तुर्माखाँद गाउँपालिकाकाे न्यायिक समितिकाे आयाेजना तथा वडा नम्बर ७ ताेषीकाे सहआयाेजनामा भएको कार्यक्रमकाे सहजिकरण रेडियो गाउँघरका समाचार प्रमुख पत्रकार निराजन भण्डारीले गर्नुभएको थियोे । भाेली वडा नम्बर ५ नाडामा पनि अन्तरक्रिया कार्यक्रममा गरिने पालिकाका ऊजुरी शाखा प्रमुख प्रेम बहादुर बुढाले जानकारी दिनुभयो ।
Discussion about this post