देशलाई सम्बृद्व बनाउने खाका एमाले संग मात्र छ : उपाध्यक्ष थापा

10
SHARES
58
VIEWS

टेक बहादुर थापा ।  नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष राम बहादुर थापाले जनताको साथ बिना नेकपा एमाले पहिलो शक्ति बन्न नसक्ने बताउनुभएको छ । नेपाली जनताले साथ दिएकै कारणले लोकप्रिय मतका हिसाबले एमाले यो मुलकको पहिलो पार्टी बन्न सफल भएको भन्दै संख्यात्मक रूपमा दोस्रो पार्टी भएकाले अब पहिलो बहुमत सहितको पहिलो शक्ति बनाउनका लागि जनताको साथ अपरिहार्य भएको बताउनुभयो । एमाले पार्टीले सुखी नेपाली समृद्ध नेपालको नारा अघि सारेको हुदा त्यो नारा साकार पार्न आगामी निर्वाचनमा बहुमत सहितको पार्टी बनाएर सहयोग गर्न अपील गर्नुभएको छ । यो मुलुक निर्माण गर्ने खाका नेकपा एमाले संग मात्रै रहेको दाबी गर्दै नेता थापाले आगामी निर्वाचनमा पार्टीलाई यो मुलुकको बहुमत सहितको पहिलो शक्ति बनाएर समृद्ध नेपाल बनाउने जिम्मेवारी दिन आग्रह गर्नुभएको छ । गफ गरेर पार्टीको बहुत आउन नसक्ने भन्दै उपाध्यक्ष थापाले बहुमतका लागि एमालेका नेताहरू जनता सम्म पुग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा एमाले अछामले आयोजना गरेको तीन महिने वडा केन्द्रित अभियान तथा अगुवा कार्यकर्ता भेला लाई सम्बोधन गर्दै थापाले मिसन ८४ लाई सफल पार्नका लागि नै पार्टीले विभिन्न किसिमका जागरण अभियान संचालन गरेको बताउनुभयो । एमाले थप बलियो भएर अघि बढेकाले एमालेको लोकप्रियतालाई देखेर अन्य दलहरू आतिएको थापाको भनाई थियोे । पार्टीको नियमित कृयाकलाप अन्तर्गत अछाम जिल्लामा पनि तीन महिने वडा केन्द्रित अभियान संचालन गरेको जानकारी गराउनुभएको थियोे । पछिल्लो समयम एमाले भित्र पनि संगठनात्मक अराजकता बढेकोमा चिन्ता व्यक्त गर्दै पार्टी उपाध्यक्ष थापाले पार्टीको निति र विधि नमान्ने व्यक्तिलाई पार्टी भित्र राखि रहनुको अौचीत्य नहुने उल्लेख गर्नुभयो ।

पुर्व गृहमन्त्री समेत रहनु भएका थापाले बहुमत बिना समाजवादी क्रान्तिलाई अगाडि बढाउन नसकिने भएकाले यी सबै कुरा पुरागर्न एमालेले बहुमत सहितको सरकारको नेतृत्व गर्न आवश्यक रहेको उहाँको भनाई छ ।नेकपा एमालेका पुर्व उपाध्यक्ष डाक्टर भिम रावल तर्फ लक्षित गर्दै थापाले पार्टी भित्र अराजकता फैलाउने काममा उद्वत रहेकाले पार्टी कार्बाही गर्न बाध्य भएको बताउदै त्यस्ता अराजकहरूलाई पार्टीमा ठाउँ नरहेको बताउनुभयो । भिम रावल संग यो मुलुक बनाउने कुनै पनि योजना नहरको बताउदै उहाँले मातृभूमि जागरण अभियानको पछि लागेर आफ्नो समय खेर नफाल्न अभियानमा जोडिएका नेतालाई आग्रह समेत गर्नुभएको छ ।

नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज झपट बहादुर बोहरा, केन्द्रीय सदस्य अछाम क्षेत्र न २ का ईन्चार्ज यज्ञ बहादुर बोगटी, केन्द्रीय सदस्य एवं क्षेत्र न १ का ईन्चार्ज कमल तिमिल्सिना , पार्टीका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, संविधानसभा सदस्य भैरे कामी, भरत साउद, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, अनेम संघका मना अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका तिलक बहादुर कुवँर लगायतले मन्तव्य राख्दै अछाम जिल्लामा एकताबद्ध सहितको बलियो एमाले बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियोे । एमाले अछामका उपाध्यक्ष बल बहादुर कुवँरको स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन जिल्ला कमिटी सचिव भिम बहादुर रावलले गर्नुभएको थियोे । भेलामा जिल्लाभरका एमालेका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार