अछाममा अबैध काठ सहित एक जना प्रकाउ

10
SHARES
56
VIEWS

अछाममा अबैध रुपमा काठ तस्करी गरि सुर्खेत लैजान लागेको अवस्थामा एक जना प्रकाउ परेका छन् ।शुक्रबार जिल्लाको तुर्माखांद गाउपालिका १ रहफ का २२ बर्षिय गणेश रावल प्रकाउ परेका हुन।

रावलले अबैध रुपमा सालका रुख काटेर झ्याल, ढोका र भेन्टिलेसनका लागि काठ चिरान गरेर सुर्खेत तर्फ लैजान खोज्दा प्रकाउ परेका हुन।उनले अन्दाजी ४७ हजा ६६१ बराबरको सालको काठ चिराएका थिए।

प्रकाउ परेका रावललाई प्रहरी चौकी रहफबाट खटीएको काठ सहित नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयाे ।

प्रकाउ परेका उनलाई कारवाही तथा अनुसन्धानको लागि डिभिजनल बन कार्यालय अछामलाइ बुझाएको प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार