यही माघ २२ गते बाट संचालन हुने एच.पि.भी. खोप अभियानलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने एक कार्यक्रममा सहभािग सरोकारवालाले प्रतिबद्धता जनाएका छन । जिल्ला स्वास्थ्य कार्यालय अछामले आयोजना गरेको सरोकारवालाहरुसँगको अभिमुखिकरण बैठकमा सहभागिहरुले निकै महत्वपूर्ण अभियान जिल्लामा पहिलो पटक संचालन हुन थालेकोमा खुसी व्यक्त गर्दै अभियान सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । अभियानको माघ २२ गते मंगलसेनमा रहेको षोडशा देवी माध्यामिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सुरुवात गरिने जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त कार्यालय प्रमुख दिपेन्द्र जोशीले जानकारी दिनुभएको छ ।
अभियानको पहिलो दिन जिल्लाका सबै सरोकारवालाको सहभागितामा सुरुवात गरिने र अन्य पालिकाहरुमा पनि सोही दिन खोप अभियान संचालन हुने कार्यालय प्रमुख जोशीले बताउनुभयो । अछाम जिल्लामा १० बर्ष देखी १४ बर्ष उमेर समुहका १३ हजार ९ सय २१ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने सोही अवसरमा जानकारी गराईएको थियो । जिल्ला भरका १ सय ६१ विद्यालय र ९७ वटा खोप केन्द्र विद्यालय भन्दा बाहिर स्थापना गरी खोप लगाईने भएको छ ।
खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले नेपाल सरकारले प्रमुख प्राथामिकतामा राखेर संचालन गर्ने अभियान प्रभावकारी र परिणममुखी बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
जिल्लाका सबै सरोकारवालाले सकारात्मक सहयोग गरेको खण्डमा अभियानले साथर्कता पाउने भन्दै यस्ता अभियान सफल बनाउनु हामी सबै जिम्मेवारी भएको बताउनुभयो । अभिमुखिकरण बैठकमा अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारी, अनुसन्धान अधिकृत डिल बहादुर चौधरी, शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख अम्बादत्त जोशी, सरोकारवाला सहित पत्रकारहरुको सहभागिता रहेको थियो ।













Discussion about this post