एमाले अछामले खोस्यो ६ जनाको पार्टी सदस्यता 

78
SHARES
435
VIEWS

 

टेक बहादुर थापा । नेकपा एमाले जिल्ला कमिटी अछामले ५ जना जिल्ला कमिटी सदस्य तथा १ जना नगर कमिटी अध्यक्षको संगठित सदस्यता खोसेको छ । जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश बहादुर शाह , जिल्ला कमिटी सचविालय सदस्य सागर सिंह बाब्ली , जिल्ला कमिटी सदस्यहरु बल बहादुर कुँवर , शंकर भुल , रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको पार्टिको संगठित सदस्यता खोसेको हो ।

माघ १० गते बसेको जिल्ला कमिटी बैठकका निर्णहरु सार्वजनिक गर्दै सोमबार एमाले अछामले पार्टी हित विपरीत गतिविधी गर्ने ६ जनाको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराएको छ । सदस्यता खोसिएका ६ जनालाई माघ ९ गते एक विज्ञप्ति मार्फत नेकपा एमालेको सम्पुर्ण जिम्मेवारीबाट निकालिएको थियो ।
किन गरियो त सदस्यता खारेज
नेकपा एमाले केन्द्रिय कमिटीको पौष १० गते बसेको सचिवालय बैठकले पार्टीका पुर्व उपाध्यक्ष भिम बहादुर रावललाई पार्टीको साधारण सदस्य नरहने गरि कारवाही गर्यो ।

सो कारवाही पछि पौष १७ गते रावलले पत्रकार सम्मेलन गरि आफु मातृभुमी जागरण अभियान चाउने र कालान्तरमा सोही अभियानकै जगमा टेकेर अर्को पार्टी निर्माण गर्ने घोषणा गरे । रावलको घोषणा पछि देशका विभीन्न ठाँउमा मातृभुमी जागरण अभियान अनन्तर्गतका एमाले विरोधी गतिविधी हुन थाले ।

अछाम जिल्लामा पनि उक्त अभियान अन्तर्गत नेकपा एमालेमा आवद्ध केही ब्यक्तिहरु अभियानमा सक्रिय देखिन थाले । सोही क्रममा मातृभुमी जागरण अभियानका संयोजक डा. भिम रावल माघ ४ गते राती अछाम आईपुगे ।

उनि अछाम पुगेकै पछिल्लो विहान एमाले अछामका केही नेता कार्यकर्ताद्धारा साँफेबगरमा स्वागत कार्यक्रमको आयोजना गरियो र सो कार्यक्रममा केपी ओली मुर्दावाद , नेकपा एमाले मुर्दावाद लगाएतका नारा लगाईयो ।

त्यसपछि सोही दिन रामारोशन गाँउपालिकामा भएको एक सार्वजनिक कार्यक्रममा पनि साँफेबगरमा लगाईएका जस्तै नाराहरु झन चर्को रुपमा लगाईयो । मातृभुमी जागरण अभियानको नाममा नाममा गरिएका एमाले विरोधीे कार्यक्रमको नेतृत्व गरिरहेका थिए एमाले जिल्ला कमिटी अछामका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाहले ।

उनिसंगै त्यो अभियानमा संलग्न थिए जिल्ला कमिटी सचिवालय सदस्य शागर सिंह बाब्ली , जिल्ला कमिटी सदस्यहरु बल बहादुर कुँवर , शंकर भुल , रतन रावल तथा साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर लगाएतका ब्यक्तिहरु ।

कुरा त्यत्तिकैमा सिमित रहेन माघ ८ गते साँफेबगरमा पत्रकार सम्मेलन गरेर डा. रावलको मातृभुमी जागरण अभियानमा जोडिनेहरुको लिष्ट सार्वजनिक गरियो । उक्त पत्रकार सम्मेलनको सबै नेतृत्व प्रकाश शाहले गरेका थिए । यसरी तारान्तार पार्टी बिरोधी क्रियाकलाप गर्न थालेपछि माघ ९ गते नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष चन्द्र बोहराको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै उनिहरुको सम्पुर्ण पार्टिको जिम्मेवारी खोसिएको घोषणा गरियो ।

पार्टी जिम्मेवारीबाट निकालिएका उनिहरुलाइ माघ १० गते बसेको पार्टिको जिल्ला कमिटीको १५औँ बैठकले संगठित समेत नरहनेगरी कार्वाही गरेको हो ।
कार्तिकमा जोगिएको सदस्यता माघमा गयो
अहिले संगठित सदस्यबाट समेत हटाईएका ब्यक्तिहरुलाई नेकपा एमाले अछामले कार्तिकमै कारवाही गर्ने तयारी गरेको थियो । कार्तिक ५ गते साँफेबगर नगरकमिटीको आयोजनामा भएको एक कार्यक्रममा पार्टी विरुद्ध अभिब्यक्ति दिएको , पार्टी नेतृत्वलाई खुईल्याउने काम गरेको र संस्थागत निर्णका विरुद्ध गएको भन्दै नेकपा एमाले जिल्ला कमिटी अछामले कार्तिक ८ गते उनिहरुसंग स्पष्टीकरण माग गरेको थियो । कार्तिक २६ गते आत्म आलोचना सहितको स्पष्टीकरण बुझाईएपछि उनिहरुमाथीको कारवाही रोकिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार