अछाममा बाघको आक्रमण बाट ७ बाख्रा मरे

23
SHARES
126
VIEWS

अछाममा बाघको आक्रमण बाट ७ बाख्रा मरेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका ७ वटा बाखा आइतवार राति बाघको आक्रमण बाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

बाख्राको खोर भित्रै बाघले सात वटा बाख्रा मारिदिएपछि भाटको झन्डै १ लाखको क्षति भएको बताइएको छ। गाउँमै स्थानीय जातका बाख्रा पालेर व्यवसाय गरिरहेका उनले बाख्रापालन व्यवसायबाटै आफ्नो जीविकोपार्जन गरिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार