अछाममा १३ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइदै

13
SHARES
70
VIEWS

सरकारले अभियानका रुपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरूद्वको खोप अभियान अन्तर्गत अछाममा १३ हजार ९ सय २१ जना किशोरीलाई एचपिभी खोप लगाईने भएको छ । जिल्लाका ९१ वटै वडामा रहेका १ सय ६१ वटा विद्यालय र ९७ वटा विद्यालय भन्दा बाहिर खोप केन्द्र संचालन गरि खोप लगाईने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामले आयोजना गरेको एचपिभी खोप अभियान तथा समग्र स्वास्थ अवस्था सम्बन्धि पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा अभियानको बारेमा जानकारी गराईएको थियोे । यहीँ माघ २२ गते देखि २६ गते सम्म जिल्ला भरका १० देखि १४ बर्ष सम्मका किशोरीलाई क्यान्सर विरूद्वको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त कार्यालय प्रमुख दिपेन्द्र जोशीले जानकारी दिनुभएको छ ।

यो अभियान देशैभर संचालन गरिने भएकाले जिल्लाका कुनैपनि किशोरीलाई यो अवसरबाट बञ्चित गराउन नहुने विषयमा छलफल गरिएको थियोे । पत्रकार सँग भएको अन्तरक्रिया कार्यक्रममा एचपिभी खोपको परिचय,प्रभावकारीता र औचित्यका बारेमा जिल्ला जनस्वास्थ्य अधिकृत झपट प्रसाद ढुंगानाले प्रशिक्षण गराउनुभएको थियो । यो वर्ष अभियानकै रूपमा अघि बढाउने र आगामी वर्ष बाट नियमित खोपका रूपमा दिईने स्वास्थ्य कार्यालय अछामका निमित्त कार्यालय प्रमुख  जैसीको भनाई रहेको छ ।

पछिल्लो समयमा महिलाहरूमा क्यान्सर रोगको जोखिम बढिरहेकाले क्यान्सर विरूद्वको एचपिभी खोप किशोरीहरूलाई नै दिईने सरकारको योजना रहेकाले यो अभियानलाई सफल पार्न आग्रह गरिएको छ । मंगलसेनमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार