पेन्सन बञ्चित शिक्षक समूह अछामको नयाँ कार्यसमिति चयन  

10
SHARES
53
VIEWS

टेक बहादुर थापा पेन्सन बञ्चित शिक्षक समूह अछामको भेला नयाँ कार्यसमिति चयन गर्दै शनिबार मंगलसेनमा सम्पन्न भएको छ । पूर्ण प्रसाद देवकोटाको अध्यक्षतामा भएको भेलाबाट मथुरा प्रसाद उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको हो ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा देवी ढुंगाना,उपाध्यक्ष,जनकराज तिमिल्सैना,महिला उपाध्यक्ष रमिला कुमारी रिमाल, सचिव भूपेन्द्र शाह, सहसचिव मिन बहादुर साउद, कोषाध्यक्ष   धुर्बराज भण्डारी लगायतका पदाधिकारी रहेका चयन भएका छन । नयाँ कार्यसमितिले आगामी दिनमा पेन्सन बञ्चित शिक्षकहरुको हक हितका लागी काम गर्ने समितिले जनाएको छ भने पालिका स्तरमा पनि कमीटीहरु गठन गर्दै लैजाने विषयमा छलफल गरिएको थियो ।

पालिका स्तरमा समिति गठन गर्नका लागि १० वटै पालिकामा कार्यरत शिक्षकहरुलाई जिम्मेवारी समेत दिईएको छ । कार्यक्रममा तपेन्द्र प्रसाद बजगाई प्रमुख अतिथि रहनु भएको थियो । मंगलसेनमा सम्पन्न भेलामा शिक्षक नेताहरु हरि बहादुर रावल, भिम बहादुर बोगटी, ध्रवराज भण्डारी, मनिराज महर लगायतका सहभागिता रहेको थियो । शनिबार सम्पन्न भेलाले नेपाल सरकारले निवृतिभरण ऐन सम्बन्धी ल्याएको अध्यादेशको विरोध गर्ने १ हप्ता भित्र पेन्सन बञ्चित शिक्षक समूह अछामको संगठनलाई १० वटै पालिकामा विस्तार गरिने लगायतका अन्य निर्णय गरिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार