मंगलसेन नगरपालिकाले बयालपाटा अस्पताललाई ५ लाख सहयोग गरेको छ । यस आर्थिक बर्षमा बिनियोजित अनुदान बजेट मार्फत ५ लाख सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।बयालपाटा अस्पतालले यस क्षेत्रका नागरिकलाई निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै सहयोग गरिएको नगर प्रमुख पदम बहादुर बोहराले बताउनुभयो ।
नगर प्रमुख बोहराका अनुसार गत बर्ष पनि अस्पताललाई सहयोग गरिएको र आउने बर्षमा पनि नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।मंगलसेन नगरपालिकाबाट ५ लाख प्राप्त भएको बयालपाटा अस्पतालका बित्त प्रबंधक चन्द्र प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
मंगलसेन नगरपालिकाले जिल्ला अस्पताललाई पनि ५ लाख बजेट छुट्याएको छ । नगरपालिकाले यसभन्दा अगाडी पनि जिल्ला अस्पताल र बयालपाटा अस्पताललाई सहयोग गदै आएको छ ।
Discussion about this post