निराजन भण्डारी । अछाममा जङ्गली जनावर बँदेलकाे आक्रमणबाट एक जना घाइते भएकी छन । जिल्लाकाे साँफेबगर नगरपालिका ११ देविस्थानकी १८ बर्षकी सुस्मिता धामी घाइते भएकी हुन ।
शनिबार आज घर नजिकै रहेकाे घुसुल्ले वनमा बाख्रा चराइरहरहेकी धामीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
बँदेलकाे आक्रमणबाट घाइते भएकी धामीकाे टाउको,दाहिने खुट्टाको तिघ्रामा चोट लागेकाे प्रहरीले बताएकाे छ ।
घाइते धामीकाे न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
Discussion about this post