अछाम जेसिजकाे ११ औ अधिवेशन सम्पन्न अध्यक्षमा बाेहरा

6
SHARES
32
VIEWS

 

जेसिज अछाम शाखाको ११ औ अधिवेशन तथा साधारणसभा नयाँ नेतृत्व चयन गर्दै मंगलसेनमा सम्पन्न भएको छ ।

बर्ष २०२४ का अध्यक्ष फलेन्द प्रसाद उपाध्ययको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनबाट वर्ष २०२५ को लागि अध्यक्षमा जितमान बोहरा निर्वाचित भएका छन ।

कार्यकारिणी उपाध्यक्षमा झनक अधिकारी र कमल कुमार रावल निर्वाचित भएको अछाम जेसिजले जनाएको छ ।

यस्तै महासचिवमा हिक्मत बहादुर नेपाली ,कोषाध्यक्षमा आनन्द साउद कानुनी सल्लाहकारमा मनकला न्यौपाने, सचिव निशा भट्टराई मनाेनित भएका छन ।

उपाध्यक्षमा पुष्प सञ्ज्याल, ईसरा भण्डारी थापा, जनक साउद र जगत बहादुर भण्डारी निर्वाचित भएका छन ।निर्वाचित र नेपाल जेसिजको विधान अनुसार मनोनीत पदाधिकारीको माघ ४ गते पदस्थापना कार्यक्रम गरिने बताईएको छ ।

११ औ अधिवेशनकाे प्रमुख अतिथिमा बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाही रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा वर्ष २०२० का अध्यक्ष तुलाराम विसी र अतिथिमा वर्ष २०२३ का अध्यक्ष टेक बहादुर थापा रहनु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार