भाग्यश्री खड्का २२ कार्त्तिक, दमाैली । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार ६ जनाकाे उद्धार गरिएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएकाे हाे ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा बिहीबार तनहुँकाे शुक्लागण्डकी नगरपालिका-४ बाट ३ जना र व्यास नगरपालिका- ३ बाट ३ जना गरि ६ जना सहयाेगापेक्षी सडकअाश्रित मानवहरु उद्धार गरिएकाे हाे ।
बिहीबार तनहुँमा विभिन्न स्थानबाट उद्धार हुनुभएका ५ जना पुरुष र १ जना महिलालाई मानवसेवा आश्रम कास्कीकाे हेम्जा सेवाकेन्द्रमा संरक्षणका लागि लगिएकाे छ ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा २५ औं दिन तनहुँकाे दमाैली बजारसम्म आइपुग्दा १८३ जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले जानकारी दिनुभएकाे हाे । उद्धार हुनुभएका १४० जना पुरुष र ४३ जना महिलाकाे सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
राष्ट्रिय उद्धार टाेली बिहीबार पाेखरा हुँदै तनहुँका सडकपेटी तथा सार्वजनिक स्थानमा रहनुभएका सहयाेगापेक्षी मानवहरुकाे उद्धार सेवामा खटिएकाे हाे । साथै मेची-महाकाली राष्ट्रिय उद्धार टाेली शुक्रबार गाेरखाका हुँदै धादिङका विभिन्न स्थानमा रहनुभएका सडक आश्रित मानवहरुकाे उद्धार सेवामा खटिनेछ ।
मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २४ वटा सेवाकेन्द सञ्चालनमा ल्याई सहयाेगापेक्षी सडक आश्रित मानवहरुकाे उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै १२ वर्षदेखि मानवीयता प्रबर्द्धनमा अग्रणी भूमिका खेल्दै आएकाे गैरनाफामूलक सामाजिक संस्था हाे ।
Discussion about this post