भाग्यश्री खड्का कार्तिक २१ पाेखरा । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बुधबार ७ जनाकाे उद्धार गरिएकाे छ ।
यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएकाे हाे ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममामा बुधबार कास्कीकाे पाेखरा महानगरपालिकाका विभिन्न वडाबाट गरि ७ जना सहयाेगापेक्षी सडक आश्रित मानवहरु उद्धार गरिएकाे हाे ।
बुधबार पाेखराका विभिन्न स्थानबाट उद्धार हुनुभएका ६ जना पुरुष र १ जना महिलालाई मानवसेवा आश्रम कास्कीकाे हेम्जा सेवाकेन्द्रमा गृहप्रवेश गराइएकाे छ ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा २४ औं दिन कास्कीकाे पाेखरासम्म आइपुग्दा १७७ जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा श्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले जानकारी दिनुभएकाे हाे । उद्धार हुनुभएका १३५ जना पुरुष र ४२ जना महिलाकाे सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
राष्ट्रिय उद्धार टाेलीले बुधबार दिनभर पाेखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा रहनुभएका सहयाेगापेक्षी मानवहरुकाे उद्धार सेवामा खटिएकाे हाे ।
साथै मेची-महाकाली राष्ट्रिय उद्धार टाेली बिहीबार गाेरखाका विभिन्न क्षेत्रमा रहनुभएका सडक आश्रित मानवहरुकाे उद्धार सेवामा खटिने कार्यक्रम रहेकाे छ ।
Discussion about this post