निराजन भण्डारी अछाम । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अछामले मृत्यु दावी भुक्तानी गरेको छ ।
जिल्लाकाे मंगलसेन नगरपालिका वडा नम्बर ३ विरालताेली निवासी खन्टीदेवी साउदकाे श्रीमान टेक बहादुर साउदकाे केही दिन अगाडी मृत्यु भएको थियोे ।
मृत्यु दावी भुक्तानी अन्तर्गतकाे ३ लाख ६७ हजार सुरक्षण विमा रकम आज स्थानीय भद्र भलाद्मीको उपस्थितिमा मृतककी श्रीमती खन्टीदेवीलाई हस्तान्तरण गरिएको शाखा प्रबन्धक बिर बहादुर मगरले दैनिकी मिडियालाई जानकारी दिनुभयो ।
मृतककी श्रीमती खन्टीदेवी साउदले श्रीमानकाे असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बेला लघुवित्तको यस सहयोगले केही मात्रामा भएपनि राहत मिलेको बताएकी छन ।
Discussion about this post