विपि स्मृति विव्यस विहिन जहाँ पदकाे माेहमा छन नेता

29
SHARES
162
VIEWS

ढकारी गाउँपालिका वडा नम्बर ८ मा रहेकाे विपि स्मृति आधारभुत विद्यालय विव्यस बिहिन बनेकाे छ । तुलाराम उपाध्याय नेतृत्वकाे विद्यालय ब्यवस्थापन समितिको ३ वर्षे पदावधी गत फागुनमा सकिएपछि विद्यालय विव्यस बिहिन बनेको हाे ।

ढकारी गाउँपालिकाकाे शिक्षा शाखाले पनि नयाँ विव्यस गठन गर्न विद्यालयलाई पत्राचार गरी सकेकाे भएपनि नयाँ विव्यस गठन गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक लाेकराज उपाध्यायले स्विकार गरेका छन ।

विद्यालयले अभिभावक भेला गरी पुरानाे विव्यस विगठन गरी नयाँ विव्यस गठन प्रक्रिया अगाडि बढाइसकेकाे तर उम्मेदवारहरुबिच सहमति हुन नसकेपछि विव्यस गठन हुन नसकेको प्रधानाध्यापक उपाध्यायले बताउनुभयो ।

नयाँ विव्यसकाे अध्यक्षका लागि अभिभाकबाट सहमति भएर आएकाे उम्मेदवारलाई तेस्रो कार्यकाल पुरा गरेका पुर्ब अध्यक्ष उपाध्यायले नमान्ने आफ्नाे दावी कायमै राख्दा झनै सहमति हुन नसकेको विद्यालय प्रशासनले जनाएको छ ।

स्थानीय अभिभावक नयाँ अध्यक्ष बनाउनु पर्ने कुरामा सहमत छन भने पर्व अध्यक्ष उपाध्यायले विद्यालयलाई आफुले मात्र चलाउने दम्व देखाउने गरेकाे स्थानीय नागरिककाे भनाइ रहेकाे छ ।

चाैथाे कार्यकालकाे अध्यक्ष पनि आफुले बन्न पाउनुपर्ने अडान उपाध्यायले राखेपछि नयाँ समिति गठन गर्न ठुलाे समस्या सिर्जना भएको हाे ।

यता पुर्ब अध्यक्ष उपाध्यायले भने मैले विद्यालयकाे लागि धेरै महत्त्वपूर्ण काम गरेकाे छु अझ पनि गर्ने छु त्यसले मैले अझ अध्यक्ष बन्न चाहेकाे हुँ भनेका छन ।

विद्यालय ब्यवस्थापन समितिको म्याद सकिसकेकाे लामाे समय भइसक्दा पनि नयाँ समिति गठन नहुदाँ विद्यालयका कतिपय नीतिगत निर्णय प्रभावित भैरहेको शिक्षकहरुले बताएका छन ।

विद्यालयको शैक्षिक ब्यवस्थापन र विभिन्न काममा विब्यसको निर्णय अनिवार्य हुने गरेपनि विब्यस गठनमा राजनितीकरण र विवाद हुदा विद्यालय विब्यस विहिन बनेकाे स्थानीयवासीहरुले बताएका छन ।

विद्यालयको ब्यवस्थापन, रेखदेख, अनुगमन, मूल्याङ्कन जस्ता कार्य विब्यसले गर्ने भए पनि विद्यालय ब्यवस्थापन समितिलाई राजनैतिक प्रतिष्ठा बनाउनुले सामुदायीक विद्यालयहरुको गुणस्तर खस्किनुका साथै विद्यालयलाई अनावश्यक राजनितीमा तान्ने कार्य भै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार