मंगलसेन नगरपालिका वडा नम्बर ६ मा पर्ने जाल्पादेवी मन्दिरकाे परिसरमा सरसफाइ गरिएको छ ।
गँगा माध्यामिक विद्यालयका एनसीसी र अन्य विद्यार्थी शिक्षककाे उपस्थितिमा आज मन्दिर परिसर सरसफाइ गरिएको हाे ।
आउँदै गरेकाे बडा दशैकाे अवसरमा जाल्पादेवी मन्दिरमा स्थानीयवासीले बलि दिने र पुजापाठ कार्यक्रम गर्ने कुरालाई
लक्षित गर्दै शुक्रबारीय अतिरिक्त कार्यक्रम अन्तर्गत मन्दिरकाे
सरसफाइ गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको विकासका लागि उक्त सरसफाई कार्यक्रम गरेकाे प्रधानाध्यापक माेतीराम भण्डारीले जानकारी दिनुभयो ।
विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञानको विकासका लागि विद्यार्थीलाई विविध क्रियाकलापमा आवद्ध गराउदै आइरहेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।
सरसफाइ कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थी लगायतकाे सहभागीता रहेको थियोे ।
Discussion about this post