अछामकी एक सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार

10
SHARES
58
VIEWS

अछाममा एक जना सुत्केरी महिलाकाे हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

जिल्लाकाे ढकारी गाउँपालिका वडा नम्बर ६ का तपेन्द्र बहादुर शाहीकी ३१ बर्षिय श्रीमती कौशी कुमारी बुढालाई हेलिकप्टरद्वारा उद्धार गरिएको हाे ।

सुत्केरी ब्यथा लागेपछि ढकारी गाँउपालिका वडा नम्बर ६ ढुङ्गाचाल्ना स्थित स्वास्थ्य चौकीमा लगिएको थियोे तर त्यहाँ सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत थप उपचारको लागि कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको अछाम प्रहरीले जनाएको छ ।

ग्रामिण सडक खराब भएका कारण एम्बुलेन्सद्वारा उद्वार गर्न नसकिने भएकोले आज दिउसो २ बजेको समयमा नेपाली सेनाको हेलिकप्टरद्वारा सुर्खेत पठाइएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार