निराजन भण्डारी अछाम । अखिल समाजवादी जिल्ला समिति अछामकाे दोस्रो बैठक सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष एकेन्द्र सीकाे अध्यक्षतामा सम्पन्न भएको बैठककाे प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य मिना सि रहनुभएकाे थियोे ।
आज बसेकाे दोस्रो बैठककाे अवसर पारी अखिल (क्रान्तिकारी) अछाम जिल्ला सहसचिव सुरेश देवकाेटा र अछाम बहुमुखी क्याम्पसका ईकाई कमिटी अध्यक्ष धर्मेन्द्र तिमिल्सिना अखिल समाजवादीमा प्रवेश गरेका छन ।
नवप्रवेशी देवकाेटा र तिमिल्सिनालाई पाटीका केन्द्रीय सदस्य सिले टिका लगाएर पाटीकाे भातृ संगठनमा स्वागत गर्दै अन्य युवा विद्यार्थीलाई समाजवादी विद्यार्थी आन्दोलनमा गोलबन्द हुन आव्हान समेत गर्नुभयाे ।
यस्तै बैठकले शैक्षिक बिकृती बिसंगती भ्रस्टाचार दोयप्रणलीकाे शिक्षा चर्को शुल्कका विरुद्ध भण्डाफाेर गर्ने लगायतका निर्णय गरेको अखिल समाजवादी अछामले जनाएको छ ।
बैठकमा पाटीका केन्द्रिय प्रतिनिधि सदस्य निरक सी युवा नेता तपेन्द्र सी,युवराज सी,निर्मल सी लगायतकाे उपस्थिति रहेकाे थियोे ।
Discussion about this post