अछाममा जङ्गली जनावर ब्वाँसाेले खाेरमै पसेर करिब ९० वटा ब्रोइलर कुखुरा मारेकाे छ ।
जिल्लाकाे कमलबजार नगरपालिका वडा नम्बर ९ मष्टाबण्डालीका कमल प्रसाद जैसीले सञ्चालन गरिरहेको न्यु देउथला कृषि कृषक समुह पाेल्टी फार्ममा राखिएका करिब ९० भन्दा बढी ब्रोइलर कुखुरा ब्वाँसाेले मारेको हाे ।
ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख हर्ष बहादुर चन्दाका अनुसार गएराती खाेरमै ब्वाँसाे पसेर फार्मका सञ्चालक जैसीका करिब १ लाख रकम पर्ने कुखुरा मारिदिएकाे बताइएकाे छ ।
घरका मान्छे सुतेको माैका छाेपेर ब्वाँसाेले खाेरमै पसेर कुखुरा मारेकाे कमलबजार प्रहरीले जनाएको छ ।













Discussion about this post