तुर्माखाँद बजारमा प्रहरी चेक पोष्ट स्थापना

11
SHARES
62
VIEWS

निराजन भण्डारी अछाम ।तुर्माखाँद गाउँपालिको बजारक्षेत्रमा निर्माण गरिएको प्रहरी चेक पोष्टको उद्घाटन गरिएको छ ।

ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख तथा प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको अध्यक्षतामा भएको चेक पोष्ट उद्घाटन कार्यक्रमको प्रमुख अतिथीमा

तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्मर बहादुर विसी रहनु भएको थियो ।

पालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको चेक पोष्ट उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी विसीले बजारक्षेत्रको शान्ति सुरक्षा कायम राख्न चेक पोष्टले मदत गर्ने बताउनुभयो ।

कार्यक्रमको विशिष्ट अतिथीमा तुर्माखाँद गाउँपालिका उपाध्यक्ष विमला शाही रहनुभएको थियो ।

यस्तै अन्य अतिथीमा स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि रहनु भएको थियो ।

बजारक्षेत्रको शान्ति सुरक्षालाई थप मजबुद बनाउन र सडकमा चल्ने सवारी साधनहरुको इन्ट्री एवम चेकजाँच गर्न चेक पोष्ट स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार