धमालीमा आज र भोली श्रीकृष्ण जन्माष्टमी मेला लाग्दै

38
SHARES
213
VIEWS

अछाम जिल्लाको तृमाखाँद गाउँपालिका वडा नम्बर ८ धमालीमा कला,संस्कृतिको जर्गेना गर्ने उदेश्यले यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी मेला लाग्ने भएको छ ।

विगत लामो समयदेखी लाग्दै आएको मेला यस बर्षपनि थप व्यावस्थापन सहित भदौ ११ र १२ गते मेला लाग्ने वडा अध्यक्ष निरक बहादुर शाहीले जानकारी दिनुभयो ।

कला,संस्कृतिको जर्गेना गर्ने मुख्य उदेश्य सहित मेलाको आयोजना गरिएको वडा अध्यक्ष शाहीको भनाई रहेको छ । भदौ ११ अर्थात आज दिउँसो स्थानीय बाजागाजा सहित मन्दिरमा पुजाआजा गरिने र पुजाआजा पश्चात स्थानीय देउडा,रत्यौडी तथा विभिन्न कलकारको प्रस्तुती रहने वडा कार्यालयले जनाएको छ ।

मेलामा प्रकाश शाह,ललित ढोली,गोपी नेपाली,धौली वयक,क्षेत्री कल्पना नेपाली,बालाराम खत्री,भक्त बहादुर शाही लगायतका देउडा कलाकारहरुको उपस्थिती रहने वडा अध्यक्ष निरक बहादुर शाहीले जानकारी दिनुभयो ।

अछाम सहित सुर्खेत जिल्लाका भक्तजन,दर्शनार्थी,जात्रा हेर्न धमाली आउने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार