धमालीका स्थानीय युवाहरुद्वारा बाटाे मर्मत

29
SHARES
163
VIEWS

निराजन भण्डारी भाद्र १० अछाम । वर्षाका कारण अवरुद्ध भएको बाटाे स्थानीय युवाहरुकाे सक्रियतामा मर्मत गरिएको छ ।

तृमाखाँद गाउँपालिका वडा नम्बर ८ का स्थानीय युवाहरुले धमाली ठाँटिखाँद -मुली हुदै कमलबजार जाने बाटाे मर्मत गरेका हुन ।

विगतका बर्षझै यस बर्ष पनि धमालीमा कृष्ण मेला लाग्ने भएकाले मेलामा आउने नागरिककाे सहजताकाे लागि बाटाे मर्मत गरिएको समाजसेवी हरि प्रसाद जैसीले जानकारी दिनुभयो ।

धमालीमा भदौ ११ र १२ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेला लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार